सोमबार, असार २९, २०८३

युभेन्ट्सको हारसँगै रोनाल्डोको सपनामा धक्का !

सिरी एमा एक खेल बाँकी रहेको लिगविजेता युभेन्ट्सले क्यालिरीसँग लज्जास्पद हार बेहोरेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

इटाली– सिरी एमा एक खेल बाँकी रहेको लिगविजेता युभेन्ट्सले क्यालिरीसँग लज्जास्पद हार बेहोरेको छ। क्यालिरीको सर्डेग्ना रंगशालामा सम्पन्न खेलमा युभेन्ट्सले १३ औं स्थानको घरेलु टिमसँग २–० गोल अन्तरको हार बेहोरेको हो।

क्यालिरिको जितका लागि लुका गाग्लियानो र गिओभान्नी साइमनले १÷१ गोल गरे। खेलको आठौं मिनेटमा गोल गर्दै गाग्लियानोले क्यालिरीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा साइमनले गोल गरेपछि घरेलु टिम दुई गोलले अघि रह्यो। दोसो हाफमा कुनै गोल नभएपछि क्यालिरीले जित हातमा लिएको हो।

जितसँगै क्यालिरीले अंकतालिकामा तीन अंक सुधार गरेको छ। उसले ३७ खेलमा ११ जित र १२ बराबरीका साथ ४५ अंक बनाएको छ। यता पराजित युभेन्ट्स भने दुई खेलअगावै लिगविजेता बनिसकेको छ।

अघिल्लो चरणको खेलमा साम्दोरियालाई हराएपछि युभेन्ट्स लगातार नवौँ पटक लिगविजेता बनेको थियो। तर, हिजो राति युभेन्ट्सको तर्फबाट गोल नहुँदा रोनाल्डोको शीर्ष गोलकर्ता बन्ने सपनामा धक्का लाग्ने भएको छ।

लिगमा रोनाल्डोले ३१ गोल गरेका छन्। उनी अन्य गोल थप्दै सिरी एको गोल्डेन बुट बिजेता बन्न चाहान्थे। तर, लाजियोका सिरो इमोबाइलको ३५ गोलको आँकडालाई जित्न बाँकी एक खेलमा रोनाल्डोलाई असम्भव जस्तै बनेको छ।

हिजो रातिकै अर्को खेलमा इमोलाइलले ३५ औं गोल पूरा गरेका थिए। तर, रोनाल्डोले गोल गर्न नसकेपछि उनको सपनाका धक्का लागेको हो।
बीबीसी

प्रकाशित: Jul 30, 2020| 09:33 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।