आइतबार, भदौ २१, २०८३

नेप्सेमा अजोड इन्स्योरेन्सको सेयर सूचिकृत

 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

नेपाल स्टक एक्स्चेन्जमा अजोड इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ।

अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच १ करोड कित्ता शेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो।

यसरी सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुमा भएको ७० लाख कित्ता शेयर समेत गरि जम्मा १ करोड कित्ता शेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचिकरण भएको छ।

शेयर सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मुख्य प्रवन्धक/कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो।

प्रकाशित: Jul 29, 2020| 05:33 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्