आइतबार, भदौ २१, २०८३

दराजको महाबचत बजार अभियान

अनलाइन बजार दराजले आफ्ना ग्राहकको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान ल्याएको छ ।  
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

अनलाइन बजार दराजले आफ्ना ग्राहकको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान ल्याएको छ ।  

सोमबारदेखि लागू अभियान १९ साउनसम्म रहने र यस सेल अभियानमा हुने बचत भौचर, बचत अफर, निःशुल्क डेलिभरी र अन्य धेरै अवसर पाई ग्राहकले चिताएका हरेक सामानमा भारी बचत गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै ई–सेवामार्फत थप दुई सय पाँच र पार्टनर बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत प्री–पेमेन्ट गर्दा थप एक सय ५५ रूपैयाँ छुट  पाउने छन् ।

यस अभियानमार्फत ग्राहकले अन्य धेरै पुरस्कार पनि जित्न सक्ने बताइएको छ । महाबम्पर पुरस्कारमा सुजुकी बर्गम्यान स्ट्रिट १२५ सिसी बाइक र आइफोन एसई छ । आइफोन एसई ई–सेवा र दराजद्वारा सञ्चालित वान रूपी गेममार्फत जित्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: Jul 29, 2020| 05:32 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्