बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले भने– तपाईंहरू के गर्ने हो गर्नुस्, बैठकमा म आउँदिनँ

ओलीले भने– तपाईंहरू के गर्ने हो गर्नुस्, बैठकमा म आउँदिनँ

दाहाल पक्षको माग छ– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिनुपर्छ। ओलीको अडान छ– दुवै पद नछाड्ने बरु महाधिवेशनतर्फ केन्द्रित हुने।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– मंगलबार बिहान डाकिएको सत्तारूढ स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक सुरु हुनुभन्दा केही समयअघि मात्र स्थगित गरे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको सूचना गरेपछि बैठकमा सहभागी हुन जाने तयारीमा रहेका नेताहरू थप अन्योलमा परे। कारण, असार १६ गतेदेखि पटकपटक स्थगित भएको बैठक अघि बढ्छ भन्नेमा सबै नेता ढुक्क थिए।

एक स्थायी समिति सदस्यले भने, ‘बैठक होला भनेर तयारीपूर्वक रहेको थिएँ। स्थगितको सूचना आएपछि निराश भएँ।’

यसबीचमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच धेरै पटक छलफल भयो। तर सहमतिकाे विन्दु भेटिएन। 

दाहाल पक्षको माग छ– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिनुपर्छ। ओलीको अडान छ– दुवै पद नछाड्ने बरु महाधिवेशनतर्फ केन्द्रित हुने।

यही विवादमा रुमल्लिएको सत्तारूढ दलको आजको बैठक स्थगित भएपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल बैठक स्थगितको कारणबारे सोध्न प्रधानमन्त्री ओलीसँग छलफलमा जुटे।

दाहाल र खनालले ओलीसँग बैठक स्थगित हुँदा पार्टी एकता थप कमजोर हुँदै गएको र कार्यकर्तामा नराम्रो सन्देश गएको भन्दै गतिरोध अन्त्यका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।

‘हामीले पार्टीमा सकंट चुलिँदै गएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं। तर उहाँले बैठक स्थगित गर्नुको कारणबारे स्पष्ट जवाफ दिन सक्नु भएन’, ओलीको अनुपस्थितिमा मंगलबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले भने।

दाहालले ओलीसँग विधानविपरीत बैठक स्थगित गरेको भन्दै आपत्ति जनाएका थिए। एक स्थायी समिति सदस्यले दाहाललाई उधृत गर्दै भने, ‘बैठकमा उपस्थित हुन र अघि बढाउन अनुरोध गर्‍यौं। तर उहाँले तपाईंहरु के गर्ने हो गर्नुस्, बैठकमा म आउँदिनँ भन्नुभयो।’

त्यसपछि बसेकाे स्थायी कमिटी बैठकले पार्टी एकताको रक्षा गर्न, एकताबद्ध भएर अगाडि बढ्न र संकटलाई सकारात्मक विन्दुको निकासमा पुर्याउन अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय भएको छ। अब अध्यक्ष दाहालले ओलीसँग छलफल गर्नेछन्। सहमतिका लागि सक्दो प्रयत्न गर्नेछन् भने स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन पहल गर्नेछन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्य तहका नेताबीच पनि छलफल जारी रहने बताए। उनले अप्ठ्यारो र संकटलाई धैर्यसाथ सामना गर्न पार्टी सक्षम हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Jul 28, 2020| 17:49 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।