बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका ४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

कर्णालीका ४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

सुर्खेत– कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल–पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं. २, ८ र ९ का एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै दैलेख अस्पतालको पीसीआर प्रयोगशाला गरिएका परीक्षणमध्ये चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ७ का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको सख्या एक हजार नौँ सय १४ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज नै सुर्खेतको प्रदेश अस्पतालबाट एक जना, गुर्भाकोटबाट दुइ जना, दैलेख अस्पतालबाट चार जना र रुकुपश्चिमबाट चार जना गरी कुल ११ जना आइसोलेसनबाट डिस्चार्ज भएकाको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ६९ जना पुगेको छ ।

प्रकाशित: Jul 28, 2020| 17:31 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।