बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनिल थापालाई पार्टीमा भित्र्याउँदै देउवाले भने- प्रजातान्त्रिक शक्ति एक हुन जरुरी

सुनिल थापालाई पार्टीमा भित्र्याउँदै देउवाले भने- प्रजातान्त्रिक शक्ति एक हुन जरुरी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको नाममा मूलभूत अधिकार संकटमा आउने अवस्था आएको बताएका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको नाममा मूलभूत अधिकार संकटमा आउने अवस्था आएको बताएका छन्।

राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापालगायत नेता-कार्यकर्तालाई पार्टी कार्यालय सानेपामा स्वागत गर्दै उनले प्रजातान्त्रिक शक्ति एक हुनु जरुरी रहेको बताए ।

उनले भने, 'भोलि आउने चुनौती सामना गर्नका लागि पनि यो जरुरी छ।' कार्यक्रममा उनले सुनिल थापाससँग एउटै क्याबिनेटमा काम गरेको पनि स्मरण गरे। 'मैले सुनिल थापाजीसँग एकै क्याबिनेटमा काम गरेको हो। उहाँ राम्रो काम गर्न सक्ने मानिस हो। म धेरै खुसी छु उहाँ कांग्रेसमा आउँदा। कोरोना नभएको भए ठूलै कार्यक्रम गरेर स्वागत गर्न हुन्थ्यो।'

नवप्रवेशी नेता कार्यकर्तालाई जिम्मेवारी बहन गर्न शुभकामना दिँदै देउवाले भने, 'सबै प्रवेश गरेका साथीहरूलाई पूरा अधिकार छ। पार्टी बलियो बनाउन तपाईंहरुको भूमिका महत्त्वपूर्ण हुनेछ।'

 

प्रकाशित: Jul 28, 2020| 17:24 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।