बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटी बैठक, सहमति जुटाउने जिम्मेवारी दाहाललाई

ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटी बैठक, सहमति जुटाउने जिम्मेवारी दाहाललाई

सत्तारूढ नेकपामा उत्पन्न विवाद समाधानको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– सत्तारूढ नेकपामा उत्पन्न विवाद समाधानको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेको सूचना गरे पनि मंगलबार बसेको स्थायी कमिटी बैठकले ओलीसँग छलफल गरी बैठक अगाडि बढाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले पत्रकारसँग भने, ‘यस विषम परिस्थितिमा पार्टीको एकता विधि र परम्परालाई ध्यानमा राखी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक अगाडि बढाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको छ।’

बैठकले पार्टी एकताको रक्षा गर्न पार्टीलाई विधि र पद्धतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउन पार्टीका सबै नेताकार्यकर्ता र सदस्यहरूलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ।

बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको हो।

बिहानका लागि डाकिएको बैठक अध्यक्ष ओलीले एक्कासि स्थगित गरेका थिए। बैठकका लागि बालुवाटार पुगेका नेताहरू बैठक स्थगित भएको सूचना पाएपछि आक्रोशित भएका थिए।

अध्यक्ष केपी ओलीले जारी बैठक विधिविपरीत स्थगित गरेर अनुचित कार्य गरेको भन्दै बैठकमा ओलीको आलोचना भएको थियो। नेताहरूले ओलीली एक्लै हिँड्ने गलत प्रवृत्तिलाई पार्टीलाई थप संकटतर्फ धकेलेको बताएका थिए।

‘पार्टी एकताको रक्षा गर्ने गरी अहिलेको छलफललाई यथास्थितिबाट गुणात्मक परिवर्तन गर्ने गरी केन्द्रीय कमिटीको बैठकको निर्णयका साथ महाधिवेशनको मिति तोक्ने गरी हामी सक्षम हुनेछौं’, प्रवक्ता श्रेष्ठले भने।

आजको बैठकमा स्थायी कमिटीका २९ जना सदस्यको उपस्थिति थियो।

प्रकाशित: Jul 28, 2020| 17:13 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।