नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु अधिनायकवादी प्रणालीमा गएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।
राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नेता सुनिलबहादुर थापालगायतलाई स्वागत गर्दै उनले भने, 'तपाईंहरु घरमा प्रवेश गर्नुभएको छ । यहाँ केही अप्ठ्यारो महशुस नगर्नुहोला।'
लोकतान्त्रिक आन्दोलनको इतिहासमा संघीय लोकतान्त्रिक व्यवस्थाको टुंगो लागेको भन्दै उनले नेपालको राजनीति दुई धारमा रहेको बताए।
उनले भने, 'कम्युनिस्टहरु अधिनायकवाद प्रणालीमा छन्। नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादकै बाटोबाट अगाडि बढ्छ । तपाईंहरुले पनि त्यसै हिसाबले काम गर्नुहुन्छ भन्ने मलाई लागेको छ। नेपाली काङ्ग्रेस लोकतन्त्र जोगाउन लागि रहेको छ। त्यसमा अब तपाईंहरु पनि जोडिनुभएको छ। पार्टीभित्र आइसकेपछि हार्दिकतापूर्ण रुपले अब सबैले काम गर्नुपर्छ। हामी लोकतन्त्रमा योगदान दिन आएका हौंं भनेर काम गर्नुहोला।'