संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसमेत रहेका नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी एकता दुर्घटना नजिक देखिएको बताएका छन्।
आजको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरेपछि देखिएको विवादबीच भट्टराईको यस्तो धारणा आएको हो।
बालुवाटारमा दाहाल–नेपाल समूहका स्थायी कमिटीका सदस्यहरु बैठक सुरु गर्नुपर्ने भन्दै भेला भइरहेकै बेला भट्टराईले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका हुन्।
उनले सबैले रोकिनुपर्ने र सल्लाह गरेर अघि बढ्नुपर्ने सुझाएका छन्।
स्थायी कमिटी बैठक अध्यक्ष ओलीबिनै अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको छ।