बुधबार, भदौ १०, २०८३

नेकपामा ओली, दाहाल र खनाल छुट्टै छलफल

नेकपाभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल छलफलमा जुटेका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– नेकपाभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल छलफलमा जुटेका छन्।

दुई अध्यक्षबीच सहमति नजुट्दा आजका लागि डाकिएको स्थायी समिति बैठक स्थगित भएपछि नेकपाको विवाद झनै चुलिएको छ।
नेतात्रयबीच विवाद समाधानका लागि विभिन्न मुद्दामा छलफल भइरहेको उच्च स्रोतले बतायो।

स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले एक्लौटी रुपले स्थगित गरेको भन्दै अर्का दाहाल र वरिष्ठ नेता नेपाल समूह आक्रोशित छ।

यसैबीच दाहाल–नेपाल निकटका स्थायी कमिटी सदस्य बालुवाटारस्थित बैठक हलमा आन्तरिक छलफलमा जुटेका छन्।

‘हामी अनौपचारिक रुपमा छलफलमा छौं,’ बैठकस्थलमा सहभागी एक स्थायी कमिटी सदस्यले नेपाल समयसँग भने, ‘बैठक बस्नुपर्छ भन्ने हाम्रो माग हो। प्रधानमन्त्रीज्यूले एकलौटी गर्न पाउनु हुन्न।’

अनौपचारिक छलफलमा ओली पक्षीय स्थायी कमिटी सदस्यहरु भने सहभागी छैनन्।

असार १० गते सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक असार १६ देखि पटकपटक स्थगित हुँदै आएको छ।

साउन ६ मा केही बेर बसेर बैठक स्थगित भएपछि अध्यक्षद्वयलाई विवाद समाधानका लागि समय दिइएको थियो। यसबीचमा दुई अध्यक्षबीच एक दिन केही बेर भेट भएको थियो।

उक्त भेटमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक स्थगित हुन पुगेको एक नेताले बताए।

 

प्रकाशित: Jul 28, 2020| 13:37 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।