महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ किलो सुन बरामद गरेको छ।
अवैध रुपमा भित्र्याइएको सुन विशेष सूचनाका आधारमा बरामद भएको हो।
सुन हो वा होइन भन्ने यकिन गर्न प्रहरीले परीक्षणका लागि पठाएको छ। यसबारे जानकारी दिन महानगरीय प्रहरी परिसर काठमाडौंले अहिले साढे १२ बजे पत्रकार सम्मेलन गर्दैछ।