बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले एकलाैटी बैठक स्थगित गरेको भन्दै दाहालसहितका स्थायी कमिटी सदस्यहरु बालुवाटारमा

ओलीले एकलाैटी बैठक स्थगित गरेको भन्दै दाहालसहितका स्थायी कमिटी सदस्यहरु बालुवाटारमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना बाहिरीएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगेका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना बाहिरीएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगेका छन्।

ओलीले छलफल नै नगरी एकलाैटी बैठक स्थगित गरेको भन्दै दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरु बालुवाटार पुगेका हुन्।

त्यस्तै अन्य स्थायी कमिटी सदस्यहरु पनि बालुवाटार पुगेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीका प्रेस सल्लाहाकार एवं पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको सूचना सार्वजनिक गरेका थिए।

नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित भएको जनाएका थिए।

स्थायी कमिटीको बैठक बस्नुअघि आज बिहान दुई अध्यक्षबीच छलफल हुने भनिएपनि दाहाल बालुवाटार नगएपछि ओलीले एकलाैटी बैठक स्थगितको निर्णय गरेको स्रोतले जनाएको छ।

बालुवाटारमा अन्य स्थायी कमिटीका सदस्यहरु पनि पुग्ने क्रम जारी रहेको छ। दाहाल–नेपाल समूहको खुमलटारमा हिजो भएको भेलाले आजको बैठक कुनैपनि हालतमा स्थगित नगर्ने निष्कर्ष निकालेको थियो।

‘आजको बैठक स्थगित गर्ने विषयमा कुनै परामर्श र छलफल नै भएको छैन,’ एक स्थायी कमिटी सदस्यले भने,‘ हामी अहिले बैठकस्थलमा पुगिसकेका छौं। बैठक बस्ने तयारी गर्दैछौं।’ उनले बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए।

असार १० गतेबाट शुरु भएको सत्तारुढ दल नेकपाको बैठक असार १६ देखि पटक पटक स्थगित हुँदै आएको छ। पछिल्लो घटनाक्रमले नेकपा भित्र देखिएको विवाद थप चुलिएको छ ।

प्रकाशित: Jul 28, 2020| 12:00 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।