बुधबार, भदौ १०, २०८३

कोरोनाविरुद्ध सचेतना जगाउँदै कास्की प्रहरी

पोखरा– कास्की प्रहरीले कोरोनाविरुद्ध चेतनामूलक प्लेकार्ड लिएर सचेतना जगाउने काम गरिरहेको छ ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

पोखरा– कास्की प्रहरीले कोरोनाविरुद्ध चेतनामूलक प्लेकार्ड लिएर सचेतना जगाउने काम गरिरहेको छ ।

साउन १ गतेदेखि ७ गतेसम्मको सप्ताहव्यापी कार्यक्रमले जनमानसमा सचेतना जगाउन सफल भएको भन्दै कार्यक्रमलाई पुनः सञ्चालन गरेको हो ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं नारा सहित कास्की प्रहरीले कार्यक्रम गर्दै आएको छ ।

पोखराका मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक, सिजृनाचोक, हलनचोक, बिरौटाचोक, सभागृहचोक, हरिचोक, चिप्लेढुङ्गा, सहिदचोक, अम्मरसिंह चोकमा कोभिड १९ सम्बन्धित सांकेतिक प्लेकार्ड मार्फत जनचेतना फैलाइएको छ ।

प्लेकार्डमा सरसफाइमा विशेष ध्यान दिने, अनिवार्य रुपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरौं, अनावश्यक रुपमा भिडभाड नगरौं, भिडभाडमा नजाऔं, आवश्यकताअनुसार सेनिटाइजरको प्रयोग गरौं, नियमित रुपमा साबुन पानीले हात धुने बानी बसालौं आदि लेखिएको छ ।

कास्की प्रहरीले उक्त सप्ताहव्यापी कार्यक्रम प्रत्येक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म गर्दै आइरहेको छ ।

प्रकाशित: Jul 28, 2020| 12:00 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।