बुधबार, भदौ १०, २०८३

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौ– सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरेर सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजको बैठक स्थगित गरिएको जानकारी दिए। बैठक आज ११ बजे बस्ने तय भएको थियोे।

आज बिहान दुई अध्यक्षले आफू निकटका नेताहरूसँग छलफल गरेका थिए। आजै अध्यक्षबीच छलफल हुने बताइएको छ।

दाहाल-नेपाल समूहको सोमबार खुमलटारमा भएको भेलाले भने आजको बैठक कुनै पनि हालतमा नरोक्ने निष्कर्ष निकालेको थियो।

असार १० गतेदेखि सुरु भएको नेकपाको बैठक आजसमेत गरेर ९ पटक स्थगित भइसकेको छ।

स्थायी कमिटी बैठकमा ओलिको राजीनामा माग भएपछि नेकपाको बैठक असार १६ यता पटकपटक अवरुद्ध हुँदै आएको छ।

नेकपा पार्टी कार्यालय सचिव ईश्वरी रिजालले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।

 

प्रकाशित: Jul 28, 2020| 11:09 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।