बुधबार, भदौ १०, २०८३

खेतको भेल तर्काउन गएका युवाको बाढीले बगाएर मृत्यु

आफ्नै खेतको भेल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

पाल्पा- रम्भा गाउँपालिका–१, पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु भएको छ ।

आफ्नै खेतको भेल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति अन्दाजी १ बजे खेतमा पसेको भेल तर्काउन गएका दिनेशको मृत्यु भएको रम्भा गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले बताए । मृतक दिनशको शव गेगरले पुरेको अवस्थामा भेटिएको वडाध्यक्ष समेत रहेका रेग्मीले बताए ।

रम्भा गाउँपालिकाको वडा नं. १ देखी वडा नं. २ को फोक्सिङकोट जाने सडकबाट आएको भेलले बगाउँदा रम्भा गापा १ असेर्दीका दिनेश अर्यालको मृत्यु भएको स्थानीय दिपक पौडेलले बताए ।

उनको शव टाउकोमात्र देखिएको अवस्थामा भेटिएको थियो । मृतकका दाई भने सकुशल रहेका छन् ।

 

प्रकाशित: Jul 28, 2020| 09:21 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।