बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगञ्जमा स्वास्थ्यकर्मी र थुनुवासहित थप १५ जनामा कोरोना पुष्टि

वीरगञ्जमा स्वास्थ्यकर्मी र थुनुवासहित थप १५ जनामा कोरोना पुष्टि

पर्साको वीरगञ्जमा तीन स्वास्थयकर्मी, एक थुनुवासहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

वीरगञ्ज- पर्साको वीरगञ्जमा तीन स्वास्थयकर्मी, एक थुनुवासहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १४ जना पुरूष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २३ वर्षदेखि ५६ वर्षसम्मका रहेको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत मजदुरहरु पनि रहेका छन् ।

संक्रमितमध्ये एक जना उमी नगरपालिका इलाम जिल्लाका रहेका छन् भने १ जना जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवा रहेका छन् । यस्तै कारखानामा कार्यरत तीन मजदुर रहेका छन् । 

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २, वडा नम्बर ४ का २, वडा नम्बर ७ का २, वडा नम्बर १३ का २, वडा नम्बर २३ का १ जना रहेको डा. सिंहले बताए ।

प्रकाशित: Jul 28, 2020| 08:59 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।