बुधबार, भदौ १०, २०८३

बाग्लुङमा पहिरोले घर पुरिँदा दाजुबहिनीको मृत्यु

सोमबार राति आएको पहिरोमा पुरिएर बाग्लुङमा तीन जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

बाग्लुङ- सोमबार राति आएको पहिरोमा पुरिएर बाग्लुङमा तीन जनाको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। उनको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।

त्यस्तै, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिँदा करिब पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jul 28, 2020| 07:06 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।