शनिबार, कात्तिक २९, २०८२

एलिना चौहानको गीत राम साइँलाको भिडियाे सार्वजनिक (भिडियो)

पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको राम साइँला गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको 'राम साईला' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

National life

कभर गीतको माध्यमबाट मूलधारको संगीतमा प्रवेश गरेकी गायिका एलिना र नरेश बीबीसीको स्वरमा रहेकाे राम साइँला गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको हो।

नरेशकै शब्द र संगीत रहेको गीतमा भिम खड्का र पूजा अधिकारीको अभिनय छ।

म्युजिक भिडियोको आयुष क्षेत्री (प्रिन्स) ले निर्देशन गरेका छन् भने अनुप केसीको छायांकन रहेको छ। नरेश बीबीसीको आफ्नै युट्युब च्यानल मार्फत् यो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

यसअघि गीतको अडियो भर्सनमात्रै सार्वजनिक गरिएकोमा खुबै रुचाइएको थियो।

Laxmi sunrise bank
kumari

उक्त गीतमा भएको शब्द ‘मुना तड्पे मुनालाई’ टिकटकमा भाइरल बनेको थियो।

 

प्रकाशित: Jul 27, 2020| 17:25 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्