शनिबार, कात्तिक २९, २०८२

रेस्लर अस्मिता जुरेलीले ल्याइन् तीज गीत

नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन्।

National life

अस्मिताले ल्याएको ‘मान्देउ न शिवजी’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेकी छन्।

गीतमा शिवम अधिकारीको शब्द र ओम सुनारको संगीत छ। भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का (युनिका) फिचर्ड छन्।

भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंग संयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन छ। भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो।

प्रकाशित: Jul 26, 2020| 18:28 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्