शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पाक्न थाल्यो चैते धान, कर्णालीका पाँच जिल्लामा खेती गर्न सकिने

पाक्न थाल्यो चैते धान, कर्णालीका पाँच जिल्लामा खेती गर्न सकिने

सुर्खेतको चैते धानको पाक्न थालेको छ। वीरेन्द्रनगर–११ धुलियाबिटमा १७ रोपनी क्षेत्रफलमा लगाइएको चैते धान पाक्न थालेको हो।
 |  आइतबार, साउन ११, २०७७

देव राना

देव राना

आइतबार, साउन ११, २०७७

सुर्खेत- सुर्खेतको चैते धानको पाक्न थालेको छ। वीरेन्द्रनगर–११ धुलियाबिटमा १७ रोपनी क्षेत्रफलमा लगाइएको चैते धान पाक्न थालेको हो।

National life

करिब तीन दशकपछि वीरेन्द्रनगरमा परीक्षणका लागि चैते धान खेती लगाइएको थियो। सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपेन्द्र ढकाललगायत केही किसानले चैते धान लगाएका हुन्। वीरेन्द्रनगरमा समयमा पानी नपर्ने समस्या, सिचाईँ सुविधाको अभावका कारण चैते धान लगाउन छोडिएको थिए।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार वीरेन्द्रनगरमा चैते धानको परीक्षण सफल भएको छ।

‘परीक्षणका लागि लगाएको चैते धान पाक्न थालेको छ, यसले कर्णालीका धेरै ठाउँमा खेती गर्न सकिने प्रमाणित गरेको छ’ प्रदेश सरकारका प्रवक्ता एमव् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले भनिन्, ‘मन्त्रालयले आउँदो वर्षदेखि चैते धान खेती हुने सबै जिल्लाका किसानलाई उत्साहित गर्ने कार्यक्रम ल्याउछौँ।’ चैते धानको सफलतासँगै कर्णालीका पाँच जिल्लामा तीन चरणमा बाली लगाउन सकिने मन्त्रालयको दाबी छ।

कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरका अनुसार रुकुमपश्चि, जाजरकोटको, दैलेख, सल्यान र सुर्खेतमा चैते धान खेती गर्न सकिन्छ।

Laxmi sunrise bank
kumari

सिचाईँ सुविधाबाट बर्खामा धान खेती हुने जमिनमध्ये ३० प्रतिशत क्षेत्रमा चैते धान फलाउन सकिनेछ। यद्यपि चैते धान खेती हुने क्षेत्रका किसानले चैतमा मकै लगाउँदै आएका छन्। तर सुर्खेतकै गुमी क्षेत्रका किसानले वर्षौँदेखि चैते धान खेती गर्दै आएका छन्।

गुर्भाकोट नगरपालिका १३ गुमी (भम्का र डोर क्षेत्रमा) चैते धान गरिदैँ आएको छ। सिचाईँ सुविधा भएका कारण गुमी क्षेत्रको चैते धान खेती गरिँदै आएको हुन्। समुद्री सतहदेखि पाँचसय मिटर उचाई र सिचाईँको सुविधा हुने ठाउँमा चैते धान खेति गर्न सकिन्छ।

यी हुन् चैतमा फल्ने पाँच जात

चैतमा पाँच जातका धान फलाउन सकिन्छ। कृषि अनुसन्धान केन्द्र दशरथपुरका अनुसार चैते ४, चैते ५, चैत ६, हरिनाथ १ र हरिनाथ ३ जातका धानहरु फलाउन सकिन्छ।

जसमा चैते ४, चैते ६ र हरिनाथ १ केही पुराना जातका धान हुन्। त्यस्तै चैते ५ र हरिनाथ ३ भने नयाँ धानका जातहरु हुन्। अन्य जातभन्दा चैत ५ र हरिनाथ ३ राम्रो उत्पादन हुने कृषि अनुसन्धान केन्द्र दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।

हरिनाथ तीन र चैत ५ को तीन वर्षअघि नै परीक्षण सफल भएको थियो। गुमीका किसानहरुले दुबै जातका धानबाली फलाएका थिए। यी दुई जातका धानहरु चैत र बर्खामा समेत फलाउन सकिन्छ।

प्रकाशित: Jul 26, 2020| 15:35 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।