आइतबार, चैत ८, २०८२

फिटनेसका लागि कस्तो पेयपदार्थ पिउँछन् बलिउड अभिनेत्री?

सामान्यतया हामी मौसमका हिसाबले आफूलाई मन परेको पेय पदार्थ पिउँछौं। गर्मी महिनामा शरीरलाई ठण्डा बनाउने पेय पदार्थ पिइन्छ त जाडोमा न्यायोपन दिने। जानकारहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन त्यस्तै किसिमको पेय र खाद्य पदार्थ आवश्यक हुन्छ।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

सामान्यतया हामी मौसमका हिसाबले आफूलाई मन परेको पेय पदार्थ पिउँछौं। गर्मी महिनामा शरीरलाई ठण्डा बनाउने पेय पदार्थ पिइन्छ त जाडोमा न्यायोपन दिने। जानकारहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन त्यस्तै किसिमको पेय र खाद्य पदार्थ आवश्यक हुन्छ। 

National life

पेय पदार्थ त्यसमा पनि खासगरी जुसले शरीरलाई अनेक फाइदा दिन्छ। त्यसैले त आफ्नो शरीर फिट राख्न आम मानिसदेखि खेलाडी, कलाकार सबैले जुसलाई महत्व दिन्छन्। 

अहिले यहाँ भने बलिउड अभिनेत्रीका फेवरेट ड्रिंक्सको कुरा गर्दैछौं। अनुष्का शर्मा हुन् वा मलाइका अरोरा, सोनम कपुर हुन् वा शिल्पा शेट्टी, आफ्नो दिनको सुरुवात फ्रेस ड्रिंक्सबाट गर्छन्। त्यसैले त यी कलाकारको अनुहार जहिले पनि चम्किलो हुन्छ।

अनुष्का शर्मा एल्डरफ्लावर टी पिउँछिन्। यो चिया साइनिसाइटिस, सर्दी, फ्लू, डायबिटिज तथा कब्जियत जस्ता समस्या कम गर्न लाभदायक हुन्छ। यो चियामा भिटामिन सी पनि पर्याप्त पाइन्छ। अनुष्का बिहान–बिहान अल्कालाइन वाटर पनि पिउँछिन्। एक गिलास पानीमा आधा चम्चा बेकिङ सोडा र कागतीको रस मिसाएर यसलाई घरमै पनि बनाउन सकिन्छ। यदि तपाईंलाई पनि अनुष्काको जस्तै बडी सेप चाहिएको छ भने एल्डरफ्लावर टी र अल्कालाइन वाटर ट्राइ गर्ने कि?

फेसन र फिटनेसका लागि पपुलर सोनम कपुरले लकडाउनको समयमा कुकिङका थुप्रै प्रयोग गरिन्। उनी अहिले बबल टी पिउँछिन्, जुन एक प्रकारको रिफ्रेसिङ टी हो। यसलाई पर्ल मिल्ट टी पनि भनिन्छ। साबुदाना राखेर यो चिया बनाइन्छ। साथै केही आइसका टुक्रा पनि हालिन्छ। यो खासगरी ताइवानी टी हो। यसलाई केही मोडिफाइ गरेर सोनमले पिउने गरेकी हुन्।

Laxmi sunrise bank
kumari

तापसी पन्नू भने काँक्रोको जुस पिउँछिन् बिहानै। काँक्राको भित्री भाग निकाल्ने अनि त्यसको जुस बनाउने। त्यसमा थोरै अजवाइन राखेर कागती निचोरेपछि जुस तयार भयो। यो जुसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। 

उता शिल्पा शेट्टी भने नरिवल पानी पिउँछिन्। ४६ वर्षीया यी अभिनेत्रीको फिटनेस राज नरिवल पानी पनि भएको उनले थुप्रैपल्ट बताएकी छन्। यसका साथै उनी टेन्डर कोकोनट, ग्रेटेड एप्पल र अनारको रस पनि नियमित पिउँछिन्। यी सबै उनका समर ड्रिंक्स हुन्, जसले उनलाई हेल्दी, फिट र फ्रेस राख्छन्। शिल्पालाई पाइनापल, तुलसी र अदुवा मिलाएर बनाएको ग्रिन जुस पनि निकै मन पर्छ। 

ज्याकलिन फर्नान्डिजको छाला चम्किलो हुनुको एउटा राज हो ह्विटग्रास सट्स। उनी आफ्नो दिनको सुरुवात यसैबाट गर्छिन्। भिटामिन ए, सी र ई भरपुर मात्रामा पाइन्छ यो पेय पदार्थमा, जसले छालालाई दाग–धब्बाबाट मुक्त राख्छ। 

मलाइका अरोरा फिट बलिउड सेलेब्समध्येमा पर्छिन्। आफ्नो शरीर मेन्टेन राख्न उनी दैनिक वर्कआउट गर्छिन्। यसका साथै खानपान र पेय पदार्थमा पनि उत्तिकै ध्यान दिन्छिन्। आफूलाई फिट राख्न उनी ग्रिन स्मुदी सेवन गर्छिन्। उनले पिउने स्मुदी नरिवल र स्याउबाट बनेको हो। 

- नवभारत टाइम्सबाट

प्रकाशित: Jul 31, 2021| 09:00 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्