बिहीबार, वैशाख ३१, २०८३

शिशिर योगीको स्वरमा विष्णुकुमार गिरीको ‘माया मारी गयौ’ सार्वजनिक

विष्णकुमार गिरीको शब्दमा तयार भएको ‘माया मारी गयौ’ बोलको गीत सार्वजनिक भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– विष्णकुमार गिरीको शब्दमा तयार भएको ‘माया मारी गयौ’ बोलको गीत सार्वजनिक भएको छ।

National life

शिशिर योगीको स्वरमा सजिएको गीतमा संगीत बीबी अनुरागीको छ। संगीत संयोजन पनि अनुरागीले गरेका छन्।

प्रिज्म डिजिटलमा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा मास्टरिङ श्यामस्वेत रसाइलीको छ।

जापानमा रहेका गिरीको यो पहिलो गीत हो। करिब ९ वर्षअघि रचना गरिएको गीतले विदेशमा भएका युवाको मनोभाव, मातृभूमिप्रतिको माया, परिवारले गर्ने गुनासोको भाव समेटेको छ।

गीतले भन्छः

छोड्ने मन छैन भन्थ्यो आफ्नै जन्म ठाउँलाई
हराभरा पार्छु भन्थ्यौ आफ्नै घर गाउँलाई
छिट्टै फर्की आउँछु भनी बर्बर आँशु झारी गयौ
शून्य पारी गाउँघर तिमले माया मारी गयौ

खेम थापाको छायांकन रहेको भिडियोको सम्पादन अधिनायकमान शेरचनले गरेका छन्।

भिडियोः

 

प्रकाशित: Jul 24, 2020| 18:33 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्