शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नायिका साम्राज्ञीविरुद्ध भुवन केसीद्वारा मुद्दा दायर, १० करोड क्षतिपूर्ति माग

नायिका साम्राज्ञीविरुद्ध भुवन केसीद्वारा मुद्दा दायर, १० करोड क्षतिपूर्ति माग

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा हालेका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा हालेका छन्।

National life

आज (शुक्रबार) दिउँसो अदालत पुगेर केसीले मुद्दा दायर गरेका हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले उजुरी दर्ता भएको जानकारी दिए। उनका अनुसार अभिनेता केसीले शाहविरुद्ध १० करोड रूपैयाँ क्षतिपूर्तिको मागदाबीसमेत गरेका छन्।

‘उजुरी परेपछि दर्ता गरेर कानुनी प्रक्रियामा अघि बढेको छ,’ कार्कीले भने, ‘अब अदालतले उनको नाममा म्याद जारी गर्छ।’

अभिनेता भुवन केसीले दुर्व्यवहार गरेको भन्दै असार १२ गते सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेर शाहले आरोप लगाएकी थिइन्। उनले सार्वजनिक रुपमा नै केसीमाथि आरोप लगाएपछि विवाद शुरु भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 24, 2020| 15:43 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्