एजेन्सी– जारी सिजन नसकिँदै बार्सिलोनासँग जुध्न अर्को समस्या पनि छ– थाम्नै नसक्ने खेलाडी र स्क्वाड। त्यसैले जारी सिजनको उपाधि विजेता बन्न नसकेको बार्सिलोनाले ठूलो संख्यामा खेलाडी बेच्न चाहेको छ।
समर फुटबल ट्रान्सफर नजिकिँदै गर्दा बार्सिलोनाले खेलाडी बेच्न चाहिरहेको छ। उसले अन्य खेलाडी बेचेर मिलानको लउतारो मार्टिनेलाई क्याटालान क्लबमा भित्र्याउन खोजिरहेको छ। तर, यति ठूलो संख्यामा खेलाडी बेच्न बार्सिलोनालाई गाह्रो पर्ने अवश्य छ। साथै क्लबले खेलाडीको भविष्यको बारेमा पनि गहिरिएर सोच्नुपर्ने छ।
क्लबले खेलाडी बेच्दा आर्थिक रुपले मात्र फाइदा हुँदैन, स्क्वाडमा कस्ता खेलाडी ल्याउने भन्नेबारे बाटो पनि खुल्नेछ। अहिलेका पनि केही खेलाडी क्विक सेटिएनको टिम योजनामा छैनन्। जहाँ कतिपय लोनमा बाहिर गएका खेलाडी बार्सिलोना फर्कँदै छन्।
यो पनि पढ्नुस् : काउटिन्होको अबको यात्रा कता ?
लोनबाट बार्सिलोना फर्कनेमा फिलिप काउटिन्हो, बार्लस एलिन, राफिन्हो अल्कान्तारा र जित क्लायर तादिबो छन्। लोनका फर्कनेसँगै बार्सिलोनाले १२ खेलाडी बेच्न चाहेको छ।
त्यो सूचीमा नेतो, नेल्सन सेमेदो, सामुएल एमिटीटी, जुनियर फिर्पो, इचान राकिटिक, आर्थुरो भिडाल, ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेट छन्।
यो पनि पढ्नुस् : बार्सिलोनाको टाउको दुखाइ ऋणमा पठाएका खेलाडी
बार्सिलोनाले खेलाडी बेच्दा दुई कुरामा फाइदा पुग्ने बताएको छ। एक त क्लब आर्थिक रुपमा मजबुद बन्छ । अर्को मैदानमा चाहिएका खेलाडी बार्सिलोनाले किन्ने बाटो खुल्छ। यति हुँदाहुँदै बार्सिलोनालाई यो कुरा पनि थाहा छ कि एकै सिजनमा १२ खेलाडी बेचेर नयाँ खेलाडी भित्र्याउँछु भन्नु एउटा सपना भन्दा बेग्लै केही होइन।
र, बार्सिलोनालाई यो पनि थाहा छ कि एकै सिजनमा मूल्यवान खेलाडी काउटिन्हो र डेम्बेलेलाई बाहिर पठाउन धेरै गाह्रो हुनेछ। उनीहरुको ट्रान्सफर मूल्यले धेरै साधारण खेलाडी किन्न सकिन्छ।
काउटिन्हो २०१८ मा बार्सिलोना आउँदा स्पेनिस क्लबले १४२ मिलियन पाउन्ड खर्च गरेको थियो।
यो पनि पढ्नुस्ः काउटिन्होदेखि किन सन्तुस्ट छैन बार्सिलोना ?