सोमबार, असार २९, २०८३

लिभरपुलले समर्थकबिनै मनायो विजयोत्सव

कोरोना महामारीका कारण प्रिमियर लिग तीन महिना रोकिएको थियो। जुन १७ बाट सञ्चालनमा आएको लिगमा दर्शकलाई प्रवेश निषेध गरिएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

लिभरपुलले गएरातिको खेलसँगै विजयोत्सव पनि मनाएको छ। घरेलु लिगअन्तर्गत गएराति सम्पन्न खेलसँगै लिभरपुलले जितसँगै विजयोत्सव मनायो।

उसले सात खेल अगाडि नै प्रिमियर लिगको उपाधि जितेको भए पनि विजयोत्सव मनाएको थिएन। त्यतिबेला लिभरपुलका खेलाडीले होटलमै रमाइलो गरेका थिए।

जुन २६ तारिखमा भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले चेल्सीसँग हार बेहोरेसँगै लिभरपुलले उपाधि जितेको थियो। त्यतिबेला लिभरपुलका खेलाडीहरुले होटलबाटै खेल हेरिरहेका थिए भने समर्थकहरु एनफिल्ड मैदानमा उत्सव मनाउनका लागि उभिएका थिए।

सो भीडपछि प्रशिक्षक क्लोपले समर्थकलाई सम्बोधन गर्दै समय आएपछि उत्सव मनाउने बताएका थिए। साथै क्लोपले सबै समर्थकलाई घरमै बसेर उत्सव मनाउन पनि अनुरोध गरेका थिए। ‘खेलाडी, प्रशिक्षक र क्लबमा पनि तपाईंहरुलाई जस्तै उत्सव मनाउने इच्छा छ। तर समयको प्रतिकूलताका कारण हामीले उत्सव मनाउन सकेनौँ। समय आएपछि हामी उत्सव मनाउने छौं,’ क्लोपले भनेका थिए।

तर लिग सकिनै लाग्दा पनि कोरोनामा जोखिम कम भएको छैन। यता लिभरपुलको घरेलु मैदानमा यो सिजनको अन्तिम खेल गएराति नै थियो। जसकारण उसले ५३ हजार दर्शक क्षमताको बन्द रंशगालामा, विना समर्थक उपाधि उत्सव मनाएको बीबीसीले जनाएको छ।

उत्सवमा कप्तान जोन हेन्डरसनले प्रिमियर लिगको ट्रफी उचालेका थिए। उनले लिभरपुलका पूर्व प्रशिक्षक सर केन्नी डल्गिसबाट ट्रफी लिए। डल्गिस ती व्यक्ति हुन्, जो लिभरपुलले सन् १९९० मा पछिल्लो पटक प्रिमियर लिग जित्दा क्लबका प्रशिक्षक थिए।

त्यतिबेला उसले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको उपाधि जितेको थियो।

‘हामीले उपाधिका लागि धेरै लामो समय कुर्नुपर्यो। यहाँसम्मको यात्रा एकदमै स्मरणीय रह्यो,’ डल्गिसले उत्सवका दौरान भने, ‘यो ट्रफी उचाल्न पाउँदा एकदमै रमाइलो लागेको छ।’

कोरोना महामारीका कारण प्रिमियर लिग तीन महिना रोकिएको थियो। जुन १७ बाट सञ्चालनमा आएको लिगमा दर्शकलाई प्रवेश निषेध गरिएको छ।

प्रकाशित: Jul 23, 2020| 09:02 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।