इटालियन लिग ‘सिरी ‘ए’ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोमाले स्पलविरुद्ध ६–१ गोलअन्तरको सानदार जित निकालेको छ। स्पलको पालो मजा रंगशालामा सम्पन्न खेलमा रोमाले शानदार जित निलकालेको हो।
रोमाको जितमा ब्रुनो पेरेसले २ गोल गरे भने निकोला कलिनिच, कार्लेस पेरेज, अलेसेन्डर कोलारोव, र निकोलो जानिओलोले गोल १–१ गोल गरे त्यस्तै स्पलका अल्बर्टो सेरीले एक गोल फर्र्काए।
खेलको १० औं मिनेटमा कालिनिचले गोल गदै रोमालाई अग्रता दिलाए पनि घरेलु टिमका सेरीले २४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ३८ औं मिनेटमा पेरेजले गोल गरेर पहिलो हाफमै रोमलाई अगाडि ल्याइहाले।
दोस्रो हाफमा पनि रोमाले चार गोल थप्यो। ४७ औं मिनेटमा कोलारेवले गोल गरे भने ५२ औं मिनेटमा पेरेसले। त्यस्तै ७५ औं मिनेटमा पेरेसले व्यतिगत दोस्रो गोल गरे। यता निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै जानियालोले गोलअन्तर ६–१ पुर्याए। सोही अन्तरका साथ खेल रोमाले जित्यो।
जितसहित रोमा पाँचौ स्थानमा उक्लिएको छ। ऊ ३५ खेल खेलेर अंकतालिकामा ६१ अंक बनाउँदै एक स्थान माथी उक्लिएको हो। छैटौ स्थानको एसी मिलानको भने ६९ अंक छ।
यता पराजित स्पल ९ अंकका साथ पुछारमा छ।
इन्टर मिलान बरबरीमा रोकियो
गएराति नै भएको अर्को खेलमा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको छ। मिलानको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँडेका हुन्।
बराबरीसँगै मिलान अंकतालिकाको तेस्रो स्थानमा छ। उसले ३५ खेलमा ७३ अंक बनाएको छ। उतिनै खेलमा ७४ अंक बनाएको एटलान्टा दोस्रो स्थानमा छ। यता एक खेल कम खेलेको लाजियो भने ६९ अंकका साथ चौथो स्थानमा छ।
त्यस्तै लिगलिडर युभेन्टस ८० अंकका साथ शीर्षस्थानमा छ। उसलाई उपाधि विजेता बन्नका लागि ५ अंक आवश्यक छ।