सोमबार, असार २९, २०८३

राखेप सदस्यसचिवको सेवासुविधा नेपाल सरकारको सचिवसरह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको सेवासुविधा नेपाल सरकारको सचिव सरह हुने भएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको सेवासुविधा नेपाल सरकारको सचिव सरह हुने भएको छ।

सदस्यसचिव छनोटका लागि गठन भएको सिफारिस समितिले सेवासुविधा तोकेको हो। यसअघि सदस्यसचिवको सेवासुविधा राखेप बोर्डले निर्धारण गने व्यवस्था थियो। राष्ट्रिय खेलकुद ऐन कार्यान्वयनमा आएपछि सदस्यसचिवको पारिश्रमिक सरकारी सिफारिस समितिले निर्धारण गरेको हो।

अब सदस्यसचिवको मासिक पारिश्रमिक ६० हजार रुपैयाँ हुनेछ। बुधबार बसेको सिफारिस समितिको बैठकले ले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो।
नयाँ सदस्यसचिवका लागि तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदलाई सिफारिस गरेको छ।

दरखास्त दिएका २७ जनामध्ये समितिले निवर्तमान सदस्यसचिव रमेश सिलवाल, लिलबहादुर थापा मगर र अञ्ज् श्रेष्ठको नाम सिफारिस गरेको हो। मन्त्रालयको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि राखेपको सदस्यसचिव नियुक्त गर्नेछ।

सदस्यसचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको नेतृत्वमा तीन सदस्यीय टोली गठन भएको थियो। जसमा खेलकुद विज्ञ इन्दिरा निरौला र रिम रानाभाट सदस्य थिए।

प्रकाशित: Jul 23, 2020| 08:03 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।