सोमबार, असार २९, २०८३

लिभरपुल विजयी हुँदा शीर्ष ४ मा कमजोर बन्दै चेल्सी

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि विजेता लिभरपुलले चेल्सीलाई ५–३ गोलअन्तरले हराएको छ। लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न खेलमा चेल्सी पराजित भएको हो।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि विजेता लिभरपुलले चेल्सीलाई ५–३ गोलअन्तरले हराएको छ। लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न खेलमा चेल्सी पराजित भएको हो।

जितका लागि नेबी केठ, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जर्जियानो विज्नाल्दम, रोबर्टो फर्मिनो र एलेक्स अक्जाल्डे–क्याम्बरलिनले गोल १–१ गरे। यता चेल्सीका तर्फबाट ओलिभर जिराउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिकले १–१ गोल नै फर्काए।

घरेलु टिमका कैठ, अर्नोल्ड र विज्लाल्दमले क्रमशः २३, ३८ र ४३ औं मिनेटमा गोल गर्दा सुरुमै लिभरपुल तीन गोलले अघि थियो। तर पहिलो हाफको अतिरिक्त समयमा जिराउडले एक गोल फर्काएसँगै नतिजा ३–१ भएको थियो।

यता दोस्रो हाफ दुवै क्लबले २–१ गोल गरे। खेलको ५५ औं मिनेटमा लिभरपुलका फिर्मिनोले गोल गर्दै अग्रतालाई पुनः बढाए पनि ६१ औं मिनेटमा अब्रहम र ७३ औं मिनेटमा पुलिसिकले गोल गर्दै नतिजालाई ४–३ को अन्तरमा खुम्च्याएका थिए। यद्यपि क्याम्बरलेनले ८४ औं मिनेटमा गोल गर्दा खेलको नजिता ५–३ भयो। त्यसपछि कुनै गोल सम्भवन भएन। लिभरपुलले सोही गोलअन्तरमा खेल जित्यो।

जितसहित लिभरपुलले अंकतालिकमा ९६ अंक बनाएको छ। उसले गतसाल सम्पूर्ण खेलबाट ९७ अंक बनाएको थियो। यदि उपाधि विजेताले बाँकी एक खेल पनि जित्न सके उसको खातामा ९९ अंक हुने छ। यो अंक जुन दुई सिजन अघि म्यानचेस्टर सिटीले बनाएका कीर्तिमानी अंकभन्दा एक अंक कम हो।

यता पराजित चेल्सी ६३ अंकका साथ चौस्रो स्थानमा यथावत छ। तर उसको शीर्ष ४ को यात्रा कठिन बनेको छ। चेल्सीले शीर्ष ४ मा टिक्नको लागि टक्कर म्याचेस्टर युनाइटेड र लेस्टर सिटीसँग ५। त्यसैले चेल्सीमाथी अर्को खेलमा वुल्भ्सलाई हरानुपर्ने बाध्यता बनेको छ।

त्यसो नभएमा र ६२ अंकका साथ पाँचौ स्थानमा रहेको लेस्टरले खेल जिते चेल्सी पाँचौ स्थानमा झर्ने पक्का छ।

अंकतालिकामा तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको पनि ६३ अंक छ।

प्रकाशित: Jul 23, 2020| 07:52 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।