बिहीबार, चैत ५, २०८२

राखेप सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस

अञ्जु श्रेष्ठ, रमेशकुमार सिलवाल र लिलबहादुर थापा सदस्यसचिवका लागि सिफारिस भएका हुन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदलाई सिफारिस गरेको छ। दरखास्त दिएका २७ जनामध्ये तीन जनाको नाम सिफारिस भएको मन्त्रालय स्रोतले जनाएको छ।

National life

अञ्जु श्रेष्ठ, रमेशकुमार सिलवाल र लिलबहादुर थापा सदस्यसचिवका लागि सिफारिस भएका हुन्। सदस्यसचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको नेतृत्वमा तीन सदस्यीय टोली गठन भएको थियो। जसमा खेलकुद विज्ञ इन्दिरा निरौला र रिम रानाभाट सदस्य थिए।

असार १८ बाट लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ अनुसार गठन भएको समितिले एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान थियो। सोहीअनुरुप छनोट समितिले श्रेष्ठ, सिलवाल र थापाको नाम सिफारिस गरेको हो।

मन्त्रालयको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि राखेपको सदस्यसचिव नियुक्त गर्नेछ।

प्रकाशित: Jul 22, 2020| 21:24 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।