भारतीय टेलिभिजनका कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ फेरि सोनी टेलिभिजनमार्फत प्रसारण हुने भएको छ।
सोनी टेलिभिजनले नयाँ प्रोमो जारी गर्दै लेखेको छ, ‘फर्किनेछ त्यो खुसी र ती जोक्स। हामी सुरक्षित तरिकाले नयाँ सुरुआत गर्दैछौं।’
यसअघि अर्चना पूरण सिंहले पनि शुटिङका केही भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन्।
अर्चनाले चार महिनाअघि छोडेको स्टेजमा नयाँ जोश र नयाँ तरिकाको प्रस्तुतीका साथ पुनरागमन भएको उल्लेख गरेकी छन्।
अब आउने शोको पहिलो पाहुना अभिनेता सोनु सुद हुनेछन्।
Laut aayegi woh khushiyaan, aur woh jocks, kyunki hum kar rahe hain #RestartSafely aur jald hee laut rahe hain #TheKapilSharmaShow ke naye episodes ke saath! @KapilSharmaK9@kikusharda@haanjichandan@Krushna_KAS@bharti_lalli@sumona24@banijayasia@apshahapic.twitter.com/HDGAnaFf4y
— sonytv (@SonyTV) July 21, 2020