बुधबार, चैत ११, २०८२

सकारात्मक अभिभावकत्व र यसका चुनौती

बालबच्चा–पालन दर्शनका सन्दर्भमा सकारात्मक अभिभावकत्व धेरै प्रसिद्ध छ। तर, अभिभावक र बच्चालाई यो प्रक्रिया चुनौतीपूर्ण पनि छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

बालबच्चा–पालन दर्शनका सन्दर्भमा सकारात्मक अभिभावकत्व धेरै प्रसिद्ध छ। तर, अभिभावक र बच्चालाई यो प्रक्रिया चुनौतीपूर्ण पनि छ।

National life

खुसी र सुखी परिवारका लागि छोराछोरीसँग राम्रो सम्बन्ध हुनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। पारिवारिक सम्बन्धसँगका सबै अनुसन्धानले देखाउने नतिजा पनि यस्तै छन्।

जब अभिभावक छोराछोरीसँग नजिक आउँछन्, त्यसमा बहुआयामिक क्षेत्र समेटिन्छन्। त्यही आयामले छोराछोरीको मानसिक स्वास्थ्य, स्वनियन्त्रणका साथै अरुसँग अर्थपूर्ण सम्बन्ध राख्नेबारे सिकाउँदै जान्छ।

त्यसो त आजका अभिभावक छोराछोरीमाथि चिच्याउने, कराउने र पिट्ने परम्परागत शैलीको सट्टा गल्तीको बयान गरेर आवश्यकता पूरा गरिदिन्छन्। र, पारिवारिक सम्बन्ध दह्रो बनाउन उद्यत रहन्छन्।

यसैबीच, सकारात्मक अभिभावकत्वको पहिचान गर्न एउटा दृष्टिकोणको विकास भएको छ। एउटा राम्रो लालनपालन पाएको बच्चाले रिस वा अन्य केही कारणले अर्को मायाले प्याट्ट हिर्काउँछ र पहिलो बच्चालाई चाहिएको कुरा पूरा गर्न अनुमति दिइन्छ।

Laxmi sunrise bank
kumari

उदाहरणका लागि, छोराले उसकी दिदीलाई कुटिरहेको हुन्छ। सकारात्मक अभिभावकत्वको भावनाअनुरुप उनीहरुलाई त्यो झगडाको अवस्थाबाट बाहिर निकालिन्छ, उनीहरुसँग झगडाको विषयबारे नम्र भएर सोधपुछ गरिन्छ। उनीहरुले के चाहन्छन् त्यो कुरालाई बुझेर दुुवैको समस्या एकैपटक समाधान हुनेगरी काम अघि बढाइन्छ।

समाधान गर्न ढिलो वा चाँडो भयो भने बच्चाले एकलाई काखी च्यापेको र अर्कोलाई हेला गरेको सम्झन सक्नेछन्।

‘द आर्ट एन्ड साइन्स’ नामक ब्लग की लेखक इमिली एडलिन यही कुराको बयान आफ्नो ब्लगमा गर्छिन्, ‘सन्तानप्रतिको करुणामा निहित र सहानुभूतिमा आधारित दृष्टिकोण भन्नाले जटिल व्यवहारप्रति बच्चाको भावनामा केन्द्रित रहेर जवाफ दिनु हो। जसमा कसरी जीवनभर बच्चाहरुसँग समान भावना राखेर अन्तरक्रिया गर्ने भन्ने विषयको रुपरेखा पर्छन्।’

सकारात्मक अभिभावकलाई विभिन्न साधनहरु आवश्यक पर्छन्, जसको प्रयोगले नकारात्मक भावनाले घेरिएका छोराछोरीको ‘नकारात्मक भूत’ भगाउने काम अभिभावकको पहिलो आवश्यकता बन्छ। जुन कुरा बच्चाहरुले पछिमात्र बुझ्छन्।

सकारात्मकको प्रशंसा

विश्वमा सन् १९२० बाट सकारात्मक अभिभावकत्वको विकास भएको हो। उतिबेला यसलाई ‘सकारात्मक अनुशासन’ भन्ने चलन थियो। जसलाई अस्ट्रियन मनोचिकित्सक अल्फ्रेड अड्लर र रुडोल्फ ड्रेइकुराले अमेरिकी देशमा फैलाए। तर, सन् १९९० मा यो भावना पूरै हटेर गयो।

जब अमेरिकन मनोविद् मार्टिन सेलिग्मनले ‘फिल्ड अफ पोजेटिभ साइकोलोजी’ बजारमा ल्याए, त्यसमा मानिसको भित्री इच्छाको बयान गरिएको थियोे।

‘कुनै कुरा जसले मानिसलाई बिरामी बनाउँछ, त्यसको विश्लेषण गर्नुको सट्टा सकारात्मक अनुशासन अन्तर्गतको मनोविज्ञानले कुन कुराले हामीलाई खुसी बनाउँछ’ भन्ने भौतिक पक्ष मात्र हेरिएको थियो।

“हामी विभिन्न रोगबारे केन्द्रित थियौँ। तर, त्यसको कारण बुझ्न कोसिस गरेकै थिएनौँ, जसले खुसी पखालिरहेको थियो र दुःख पुर्याइरहेको थियो,” केन्ट स्टेट विश्वविद्यालयकी मनोविद् करिन कोइफमेन भन्छिन्। उनले मानसिक रुपमा देखिने दुवै (सकारात्मक–नकारात्मक) भावनाको महत्त्वबारे अध्ययन गरेकी थिइन्।

जब यो प्रयोग अभिभावकमा गरियो, त्यसमा अभिभावकलाई बच्चाहरुको राम्रो काम गरेकोमा प्रशंसा गर्न सुझाव दिइयो। साथै हामीले एउटा नकारात्मक कुरा गर्यौं भने ४ सकारात्मक कुरा गर्न यो सिद्धान्तले सुझाव दिन्छ। उसले बच्चालाई निर्देशन मात्र दिने अभिभावक र सन्तानबीच खुसीको वातावरण बनायो। किनभने निर्देशनले बच्चामा आन्तरिक समस्या गराउँछ र व्यवहारमा प्रस्फुटित गर्छ।

साथै अर्को काम हो– अनुमोदन अभिभावकीय प्रणाली, जसमा अभिभावकले बच्चालाई ज्यादै माया गर्छन् र स्वतन्त्र छोडिदिन्छन्। आजका किताब, ब्लग पोस्ट र आर्टिकलहरुले पनि सकारात्मक अभिभावकत्वको पक्षमा वकालत गरेका छन्। “समाचारका हेडलाइन र आर्टिकलका आधारमा मैले अभिभावकको साँघुरो सोचाइ रहेको महसुस गरेको छु। मलाई लाग्छ यो समयमा सकारात्मक अभिभावकत्व सबैभन्दा चर्चित सिद्धान्त हो,” एडलिन भन्छिन्।

यसपछि हामीसँग अझै एउटा तर्क बाँकी रहन्छ कि– लगातारको सकारात्मकता अन्य धेरै कुरामा निर्भर गर्छ। अमेरिकन पत्रकार बार्बारा हेनरिचले घरेलु घटना जाँच गर्ने एक पुस्तकमा सकारात्मक अभिभावकत्वलाई वैचारिक शक्ति भएको बताएका छन्। “हामी वास्तविकतालाई अस्विकार गर्ने, दुर्भाग्यलाई त्यसकै रुपमा प्रस्तुत गर्ने र केवल आफ्नो भाग्यलाई दोष दिने काम गरिरहेका छौं,” हेनरिचले पुस्तकमा भनेका छन्।

यता कोइफमेन भने भावनाले महत्त्वपूर्ण भूमिका निभाउने तर्क गर्छिन्। “सकारात्मक भावनाहरु सम्बन्ध विस्तार गर्नका लागि अत्यावश्यक हुन्छन्। तर, नकारात्मक भावनाहरु योजना निर्माण र काममा उच्च–स्तरको सोचाइका लागि सहयोगी हुन्छन्। र, यी दुवै कुरा मानिसका लागि अत्यावश्यक छन्,” उनले भनिन्।

जब मानिसले (अभिभावकसहित) कुनै नकारात्मक भावना सुनाउन पाउँदैन, त्यो उनीहरुको मानसिक स्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ। “हामी गल्ती गर्छौं, रिसाउँछौं, कहिलेकाहीँ अरुसँग यस्तो व्यवहार गर्छौँ कि त्यो समयमा त्यस्तो किसिमको व्यवहार उचित हुँदैन। र, मानव जीवनका यी कुराहरु साधारण हुन्। साथै अभिभावकका लागि पनि यस्तो साधारण कुरा हुन्,” कोइफमेन बयान गर्छिन्।

आउँदो समयका लागि शिक्षा

कुनै नकारात्मक कुरा हुँदैछ भने त्यसलाई कसरी डिल गर्ने भन्ने ज्ञान बच्चामा विकास हुन नसक्नु यो दृष्टिकोणमा आधारित अभिभावकत्वको सम्भावित जोखिम हो। “किनभने कहिलेकाहीँ हामी रिसाउँछौं, त्यस्तो बेलामा बाल बच्चालाई उनीहरुको आन्तरिक भावना प्रस्फुटित हुने अवसर दिनुपर्छ,” कोइफमेन भन्छिन्, “डर र लाजबारे बच्चासँग खुला रुपमा गफ गर्नाले उनीहरुको अनुभव बढाउँछ।”

यो कुरा तपाईंले बुझ्नुपर्छ कि, यदि कसैले तपाईंलाई केही अह्राउँछ र तपाईं त्यो काम लगातार गर्नुहुन्न भने त्यसबाट नकारात्मक परिणाम आउने सम्भावना हुन्छ। –करिन कोइफमेन

छोराछोरी साना हुँदा यी सबै कुरा धेरै अप्ठ्यारा लाग्न सक्छन्। ‘तर, जब बच्चा हुर्कँदै जान्छन्, उनीहरुले बुझ्दै जान्छन्। यदि उनीहरुले अभिभावकलाई सुनेनन् भने उनीहरुको दिमागमा तपाईंप्रति चिडचिडापन पैदा हुन्छ। र, यो एक आदर्श अनुभव हो। कसैले तपाईंलाई केही अह्राउँछ र तपाईं त्यो काम लगातार गर्नुहुन्न भने त्यसबाट नकारात्मक परिणाम आउने सम्भावना हुन्छ,” उनले भनिन्।

आमा, जसले घरमा नदेखिँदो रुपमा मजदुरको काम गरिरहेकी हुन्छिन्, उनीहरुमा सकारात्मकताको प्रवद्र्धन अझै धेरै चाहिने कुरा हुन्। “म आमाहरुको मानसिक र भावनात्मक स्वास्थ्यको गिर्दो रुपमा देखिरहन्छु र व्यावसायिक साथै व्यक्तिगत रुपमा यो प्रकृया राम्रो हुने कुरामा आशावादी बन्न चाहन्छु,” एडलिन भन्छिन्।

नबोल्नुले चाहिँ एउटा नराम्रो अवस्थाको सिर्जना गर्नसक्छ। स्विट्जरल्यान्डकी मनोविद् र सकारात्मक अभिभावकत्वको अधिवक्ता एरियाडिन ब्रिल एकपटक ‘पोजेटिभ प्यारेन्टिङ’ ग्रुपबाट बाहिर निकालिइन्। उनले त्यहाँ ‘यदि एक बच्चाले कुकुरलाई हिर्काइरहेका छन् भने बच्चालाई नकुट भन्नुभन्दा पनि कुकुर र जनावरबाट अस्थायी रुपमा छुट्याउनु पर्छ र उसलाई आफ्नो गल्तीको आभाष हुन दिनुपर्छ’ भन्ने सल्लाह दिएकी थिइन्।

‘त्यो समयमा ‘कुकुरलाई नकुट ! कुकुरलाई नकुट !’ भन्नु कुकुर, बच्चा र अभिभावक तीन जनाकै लागि राम्रो हुँदैन। किनभने बच्चामा भावना नियन्त्रण गर्ने र सही निर्णय लिन सक्ने ग्रन्थी र शिक्षाको विकास भइसकेको हुँदैन। त्यसैले त्यस्तो अवस्थामा तपाईं अभिभावकका नाताले त्यहाँ जानुहुने छ, दुवैलाई एक अर्काबाट टाढा पुर्याउनुहुने छ। र, तपाईं त्यतिबेलासम्म बच्चाको साथमा रहनुहुने छ, जबसम्म ऊ शान्त हुँदैन,” उनी बयान गर्छिन्।

अन्य ‘पोजेटिभ प्यारेन्टिङ’ नामका फेसबुक समूहहरुले उनको यो अभिव्यक्तिलाई अर्कै तरिकाले रियाक्ट गरेका छन्। तर, एक ग्रुपले उनको पोस्टप्रति कारबाही गर्यो र गु्रपबाट निष्कासन गर्यो। तर, त्यो अवस्थामा यदि कुकुरले बच्चालाई टोकेको थियो भने बच्चाले झन् ठूलो कारबाही बेहोर्नु पर्थ्यो।

जबकी कोइफमेन र सकारात्मक अभिभावकत्वको पक्षमा वकालत गर्नेहरु विश्वास गर्छन् कि सकारात्मक अभिभावकत्वले सबैसँग मिल्ने बानी गर्न, बच्चालाई हँसिलो राख्न र सकारात्मक भाव पैदा गर्न ठूलो सहयोग गर्छ।

तर, कोइफमेन बच्चालाई लगातार सकारात्मक भाव दिन सकिन्छ भन्ने कुरा व्यवहारिक नभएको पनि तर्क गर्छिन्। भन्छिन्, “कोही मानिस राम्रो व्यवहारका कारण सकारात्मक रुपले मजबुत हुँदैन, यदि तपाईंको बच्चा छ भने उसमा केही न केही नकारात्मकता भेट्नुहुन्छ। कुनै समयमा उसले त्यस्तो व्यवहार गर्छ, जुन तपाईंले आशा गर्नुभएको हुँदैन, नगरोस् भन्ने चाहनुहुन्छ।”

अभिभावकका लागि सकारात्मकता

वास्तवमै अभिभावकले कसरी बच्चा हुर्काउँछन् भन्ने सन्दर्भमा धेरै कुराले भूमिका खेलेको हुन्छ। परम्परा, संस्कृति, आर्थिक अवस्था र तनावको अनुभवले बाल–पालन शैलीमा असर पारेको हुन्छ। एउटा मुख्य कुरा त के हो भने अभिभावकले आफ्नै पार्टनर, परिवार, समुदाय र सरकारबाट सहयोग पाइरहेको हुँदैन।

यसले अभिभावकलाई उनको बच्चाको साथ राम्रो बन्धन बनाउन मुश्किल बन्छ। “म यस्तो भावनालाई घुमाएर तर्क गर्छु– एक अभिभावकको हिसाबले बच्चालाई जवाफ दिनु पहिले हामीले बच्चाहरुसँग भावनात्मक रुपमा सकारात्मक प्यारेन्टिङको तयारी गर्न भावनात्मक रुपले तयार हुनु जरुरी हुन्छ,” एडलिन भन्छिन्।

वास्तवमा, अभिभावकलाई यो कुराले लगातार सताउँछ कि बच्चाहरुप्रति शान्त वा उत्साहित हुनाले बच्चाको भविष्यको लागि उल्टो बाटो देखाउने त होइन !?

“तपाईंलाई याद होला– जब अभिभावक सम्भावितमध्ये सबैभन्दा राम्रो विधि अपनाइरहेका छन् भने अन्य गल्तीमा धेरै ध्यान दिनु हुँदैन। यदि तपाईं, अरुलाई आफूभन्दा राम्रो देख्नुहुन्छ वा आफू अरुभन्दा नराम्रो देख्नुहुन्छ भने त्यो तपाईंका लागि कदापी राम्रो होइन,” कोइफमेन भन्छिन्।

यी कुरालाई ध्यानमा राख्दै, शायद हाम्रो बच्चामाथि सकारात्मक मनोविज्ञानको उपयोग गर्नुको सट्टा हामी आफैंमा प्रयोग गर्नु उचित हुन्छ।

(बीबीसी वर्कलाइफमा ओल्गा मेककिङले लेखेको सामग्री विनयज्योति सापकोटाले अनुवाद गरेका हुन्)

 

प्रकाशित: Jul 18, 2020| 15:00 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्