शनिबार, कात्तिक २९, २०८२

ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना

 कोरोना भाइरसबाट संक्रमित चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या मुम्बईको एक अस्पतालमा भर्ना भएका छन्।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

एजेन्सी- कोरोना भाइरसबाट संक्रमित चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या मुम्बईको एक अस्पतालमा भर्ना भएका छन्।

National life

गएको आइतबार कोरोना संक्रमण पुष्टि भएपछि बच्चन आमा–छोरी होम क्वारेन्टिनमा थिए। समाजार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार ऐश्वर्यालाई चिकित्सकीय सेवा आवश्यक भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। यद्यपि, आमा–छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ पहिलेदेखि नै अस्प्तालमा भर्ना छन्।

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ८८४ संक्रमित थपिएका छन् भने यही अवधिमा ६७१ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३८ हजार नाघेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार २७३ पुगेको छ।

Laxmi sunrise bank
kumari

विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ।

महामारीबाट सबैभन्दा प्रभावित तीन देशहरु क्रमशः अमेरिका, ब्राजिल र भारत हुन्।

प्रकाशित: Jul 18, 2020| 13:35 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्