शनिबार, साउन १६, २०८३

२४ घण्टायता १ हजार ५५८ जनामा संक्रमण, १० संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार ८ हजार ६६४ जनाको पिसिआर र ३ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं-  पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार ८ हजार ६६४ जनाको पिसिआर र ३ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ।

संक्रमितध्ये ७ लाख ४६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाले ज्यान गुमाएका छन्। १३ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। 


प्रकाशित: Sep 17, 2021| 18:20 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्