बिहीबार, वैशाख ३१, २०८३

चीनमा ६ महिनापछि सिनेमाघर खुल्दै

कोरोना भाइरस संक्रमणको सुरुवातदेखि बन्द रहेका चीनका सिनेमाघर अब खुल्ने भएका छन्।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

कोरोना भाइरस संक्रमणको सुरुवातदेखि बन्द रहेका चीनका सिनेमाघर अब खुल्ने भएका छन्।

National life

कोरोना संक्रमणका कारण त्यहाँ करिब ६ महिनादेखि सिनेमाघर लगायत मनोरञ्जनका सार्वजनिक स्थल बन्द थिए। अन्य स्थानहरु खुले पनि सिनेमाघर भने खुलेका थिएनन्।

यही जुलाई २० तारिखदेखि त्यहाँ सिनेमाघर खुल्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिसकेको छ।

थुप्रै देश अहिले पनि कोरोनाको तीव्र संक्रमण र मृत्युसँग जुधिरहेका छन्। तर चीनले भने यसलाई लगभग नियन्त्रण गरिसकेको छ। त्यहाँको जनजीवन सामान्य भइसकेको छ भने अर्थतन्त्र चलायमान हुने क्रममा छ।

प्रकाशित: Jul 16, 2020| 13:15 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्