बिहीबार, चैत ५, २०८२

सुरु भयो बक्सिङको प्रशिक्षण (फोटोफिचर)

चैत पहिलो साताबाट स्थगित भएको बक्सिङको सामान्य प्रशिक्षण पुनः सुरु भएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं– चैत पहिलो साताबाट स्थगित भएको बक्सिङको सामान्य प्रशिक्षण पुनः सुरु भएको छ। सातदोबाटोस्थित बक्सिङको भवनमा हिजो (बुधबार)बाट प्रशिक्षण सुरु भएको हो।

National life

सरकारले प्रशिक्षणका लागि अधिकारिक अनुमति दिई नसकेकाले सबै खेलाडी बोलाएर प्रशिक्षण गर्न नसकिएको प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले बताए। उनले भने, ‘हामीले आजबाट दुई तरिकाको प्रशिक्षण सुरु गरेका छौं। एक दिन हार्ड ट्रेनिङ अनि अर्को दिन केही सजिलो (फिजिकल फिटनेस) ट्रेनिङ हुनेछ।’

कोरोनाको जोखिम कायमै रहेका कारण खेलाडी र प्रशिक्षकले सुरक्षाका उपायहरु अपनाएर प्रशिक्षण गरिरहेका छन्। प्रशिक्षण बिहान साढे ६ बजेबाट डेढ घण्टा सञ्चालन भइरहेको छ।

अर्को वर्षको जुलाई–अगस्टमा टोक्यो ओलम्पिक २०२० का लागि अहिलेदखि नै प्रशिक्षणको आवश्यकता पर्छ। विश्वका धेरै देशमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका उपायहरु अपनाएर प्रशिक्षण सुरु गरिएको छ।

नेपालबाट ओलम्पिकमा आधा दर्जन खेलाडी सहभागी बनेका छन्। ओलम्पिकमा सहभागी बन्न सक्ने सबैभन्दा धेरै सम्भावना बोकेको नेपाली खेल पनि बक्सिङ नै हो।

Laxmi sunrise bank
kumari

त्यसैले प्रशिक्षणका कामलाई ढिलाइ गर्न नहुने प्रशिक्षक थापामगर बनाउँछन्। केही दिन वा महिना प्रशिक्षण नगर्दा पनि लामो समयसम्म असर गर्ने उनी बताउँछन्। साथै आउँदो अगस्ट २८ तारिखमा उज्वेकिस्तानले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्ने बताएको छ।

अन्तर्राष्ट्रिय उडान सम्भव भए र अनुकूल वातावरण भए सो प्रतियोगितामा भाग लिने तयारीका साथ प्रशिक्षण गर्न थालेको प्रशिक्षक थापामगरले नेपाल समलाई बताए।

टोक्यो ओलम्पिक एक वर्षका लागि स्थगित भएपछि यही सालको मे मा हुने नेपाली खेलाडीको ओलम्पिकको छनोट पनि एक वर्षका लागि स्थगित छ।
यता, नेपाल बक्सिङ संघको चुनाव हुने समय नजिक आइरहेकाले अहिले संघले पनि खेलतिर धेरै ध्यान दिएको छैन। संघको चार वर्षे कार्यकाल असार पहिलो हप्तामै सकिएको हो।

तर कोरोना महामारीका कारण संघको चुनाव हुन सकेको छैन। संघकै सदस्यहरु पनि चुनावको माध्यमबाट अध्यक्षमा रहेका राम अवालेको विकल्पमा अरु नै कसैलाई राख्न चाहन्छन्। कार्यकाल अवधिभर उनले बक्सिङमा राम्रो काम गर्न नसकेको आरोप सदस्यहरुले लगाउँदै आएका छन्।

तस्बिरहरूः दिनेश श्रेष्ठ

प्रकाशित: Jul 16, 2020| 11:41 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।