सोमबार, असार २९, २०८३

सिटीको जितमा सिल्भा र जिससको गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति भएको खेलमा सिटी बर्नमाउथमाथि २–१ गोलले विजयी भएको हो ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति भएको खेलमा सिटी बर्नमाउथमाथि २–१ गोलले विजयी भएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । बर्नमाउथका लागि डेभिड ब्रुक्सले एक गोल फर्काएका थिए ।

खेलको छैटौं मिनेटमा नै सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३९ औं मिनेटमा जिससले गोल गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

त्यस्तै दोस्रो हाफमा ८८ औं मिनेटमा बर्नमाउथका डेभिड ब्रुक्सले गोल गर्दै खेलमा फर्किने संकेत दिएका थिए । तर, थप गोल हुन नसक्दा बर्नेमाउथ सिटीसँग २–१ गोलले पराजित हुँन पुग्यो ।

जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । पराजित बर्नमाउथ समान खेलबाट ३१ अंक जोडेर रेलिगेसन जोनमा छ ।

प्रकाशित: Jul 16, 2020| 07:40 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।