सोमबार, असार २९, २०८३

ह्यारी केनको दुई गोलमा टोटेनहमको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा ह्यारी केनको दुई गोलको मद्दतमा टोटेनहमले सहज जित निकालेको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा ह्यारी केनको दुई गोलको मद्दतमा टोटेनहमले सहज जित निकालेको छ।

बुधबार राति न्युकासल युनाइटेडको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले ३–१ गोलको सहज जित निकालेको हो ।

पाहुना टोली टोटेनहमको जितका लागि ह्यारी केनले दुई तथा सनले एक गोल गरे । न्युकासल युनाइटेडका लागि माट रिटचेयले एक गोल गरे ।

२७ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने दुबै टोलीले एक एक गाले गरे ।

खेलको ५६ औं मिनेटमा रिटचेयले गाले गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसको चार मिनेट नबित्दै केनले गोल गर्दै टोटेनहमलाई २–१ गोलको अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा केनले नै व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोली टोटेनहमलाई ३–१ गोलको सहज जित दिलाए ।

जितसँगै टोटेनहम ३६ खेलमा ५५ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित न्युकासल युनाइटेड भने ४३ अंकसहित १३ औं स्थानमा छ ।

 

प्रकाशित: Jul 16, 2020| 07:38 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।