सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • तेक्वान्दो संघबाट विष्ट र वैद्यको राजीनामा, फुटबलका सिंहले पनि सहायक प्रशिक्षकको जागिर छाडे

तेक्वान्दो संघबाट विष्ट र वैद्यको राजीनामा, फुटबलका सिंहले पनि सहायक प्रशिक्षकको जागिर छाडे

नेपाल तेक्वान्दो संघका दीपक विष्ट र संगीना वैद्यले बुधबार संघबाट राजीनामा दिएका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– नेपाल तेक्वान्दो संघका दीपक विष्ट र संगीना वैद्यले बुधबार संघबाट राजीनामा दिएका छन्।

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले सहायक प्रशिक्षकबाट राजीनामा दिएका छन्।

विष्टले संघको सचिव एवम् प्रवक्ता पदबाट र वैद्यले संघकै सदस्य पदबाट राजीनामा दिएको विष्टले जानकारी दिए। दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन्।

फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजीनामा दिएका हुन्। तीनै जनाले सम्बन्धित संघमा राजीनामा बुझाएर बोधार्थ राखेपलाई दिएका छन्।

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनै पनि संघमा बस्न नपाउने प्रावधान छ। त्यसैले अधिकांशले संघबाट राजीनामा दिइरहेका छन्।

एन्फा उपाध्यक्ष सिंहले भने सहायक प्रशिक्षकबाट राजीनामा दिएका हुन्।

असार १८ गते लागू भएको ऐनका कारण यसअघि पनि ३३ जनाले ५६ खेल संघको ५६ पदबाट राजीनामा दिइसकेका छन्।

प्रकाशित: Jul 15, 2020| 19:12 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।