सोमबार, असार २९, २०८३

रमेश सिलवालसहित ११ जनाले दिए राखेप सदस्यसचिवका लागि आवेदन

काठमाडौं– निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित ११ जनाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि आवेदन दिएका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित ११ जनाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि आवेदन दिएका छन्।

छनोट प्रक्रियामा संलग्न एक अधिकारीका अनुसार सिलवालले खेलकुद मन्त्रालयमा आज (बुधबार) आवेदन दर्ता गराएका हुन्।

गत असार १८ गतेबाट राष्ट्रिय खेलकुद विकस ऐन २०७७ लागू भएसँगै उनी पदमुक्त भएका थिए। त्यसपछि मन्त्रालयले खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकाललाई कार्यवाहक सदस्य सचिव नियुक्त गरेको थियो।

गत शुक्रबार मन्त्रालयले एक साताको समय दिएर दरखास्त आह्वान गरेको थियो। त्यसको समयावधि भोलि (बिहीबार) सकिँदै छ।

सदस्य सचिवको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्नेछ। यस्तै उमेर ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने सूचनामा जनाइएको छ।

सिलवाल गत वर्ष असार २३ गते ४ वर्षे कार्यकाल सम्हाल्दै राखेप प्रवेश गरेका थिए। तर नयाँ खेलकुद ऐन प्रारम्भ भएसँगै उनी पदविहीन बने।

सिलवालका साथै पूर्व भलिबल खेलाडी अञ्जु श्रेष्ठ र निलम बज्राचार्यलगायत ११ जनाले सदस्यसचिव पदको लागि आवेदन दिएका छन्।

प्रकाशित: Jul 15, 2020| 18:55 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।