सोमबार, असार २९, २०८३

सागका पदक विजेता ८८ खेलाडीलाई प्रदेश १ सरकारको सम्मान

विराटनगर– प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई बुधबार सम्मान गरेको छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

विराटनगर– प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई बुधबार सम्मान गरेको छ ।

एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, एकलतर्फ रजत पदक विजेता ४ जना र एकलतर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मानित गरे ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई छायाँमा नपारिने बताए ।

सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताए । कोरोना भाइरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए । ढिलै भएपनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उनले बताए ।

सागमा एकल र टीम तर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सय सम्म, एकल र टीम तर्फ रजत विजेतालाई १ लाख देखि ६० हजार सम्म र एकल र टीम तर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँसम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताए । १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उनले बताए । उनका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको बताए ।

प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा खुसी लागेका फुटवल खेलाडी सुजल श्रेष्ठले बताए । उनले खेलाडीहरुले पैसाभन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने बताए ।

प्रकाशित: Jul 15, 2020| 17:24 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।