शनिबार, साउन १६, २०८३

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

नेपाल वायु सेवा निगमको जहाजले शुक्रबार ४४ लाख डोज कोभिडविरुद्धको भेरोसेल खोप लिएर आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ।

नेपाल वायु सेवा निगमको जहाजले शुक्रबार ४४ लाख डोज कोभिडविरुद्धको भेरोसेल खोप लिएर आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो। 

चीनसँग किनिएको ६० लाख डोज भेरोसेलमध्ये १६ लाख डोज यसअघि नै नेपाल आइपुगेको थियो। 

शुक्रबार नेपाल अवतरण गरेको खोप सोमवारदेखि वितरण गरिने मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित: Sep 17, 2021| 15:03 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्