शुक्रबार, फागुन २९, २०८२

भारतः एकै दिनमा थपिए ३० हजार संक्रमित

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं- भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ।

National life

सरकारी डेटा अनुसार, भारतमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३६ हजार ९९४छ। यिमध्ये ५ लाख ९२ हजार संक्रमणमुक्त भएका छन्।
संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ हजार ३०९ पुगेको छ।

सरकारका अनुसार संक्रमणमुक्त हुने र मृत्यु हुनेको अनुमात अहिलेसम्म ९६% : ४% छ।

गएको आइतबार र सोमबारसम्म भारतमा नयाँ संक्रमितको संख्या अमेरिकापछि दोस्रो थियो। कोरोना भाइरसबाट अति प्रभावित देशहरुको सुचीमा भारत तेस्रो स्थानमा पुगिसकेको छ।

बेंगलुरुमा लकडाउन

Laxmi sunrise bank
kumari

भारतको आईटी हब बेंगलुरुमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा प्रदेश सरकारले एक साताको लकडाउन घोषणा गरेको छ।

लकडाउन अवधिमा धार्मिक स्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय र अत्यावश्यक सेवाका बाहेक पसलहरु बन्द रहनेछन्। त्यस्तै विद्यालय, कलेज र रेष्टुरेन्ट पनि बन्द रहनेछन्।

प्रकाशित: Jul 15, 2020| 15:05 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।