काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ।
वेबसाइट ल्याउनका लागि एन्फाले २३ जुनका विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई पठाएको आग्रहको प्रतिउत्तरसहित फिफाका अध्यक्ष जियानी एन्फान्टिनोले एन्फालाई शुभकामना दिएका छन्।
उनले पत्रमा लेखेका छन्, “एन्फाका लागि यो कदम धेरै महत्त्वपूर्ण हो। यसले सुधारोन्मुख संस्थाको व्यवसायिकता, पारदर्शिता र सुशासनको प्रत्याभूति दिनेछ, जसले देशमा फुटबलको विकासमा सहयोग पुग्नेछ।”
उनले पत्रमा थप लेखेका छन्, “यो काममा सहभागी सबैलाई बधाई दिन चाहान्छु, साथै एन्फाको साइटले नेपालको मात्र नभइ सबै क्षेत्रको फुटबलको सकारात्मक दृष्य र सामाजिक मर्यादालाई प्रस्तुत गर्ने केही शंका भने अवश्य छ।”
साथै नयाँ वेबसाइट लन्चिङका लागि एसियाली फुटबल महासंघका अध्यक्ष सलमान बिन खलिफाले पनि बधाई दिएका छन्।
लजिस्पार्क टेक्नोलोजीले बनाएको वेबसाइट नयाँ ढाँचामा सार्वजनिक गरिएको हो।