सोमबार, असार २९, २०८३

ईपीएलमा चेल्सीको संघर्षपूर्ण जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले रेलिगेटेट टिम नर्विच सिटीविरुद्ध संघषूर्ण जित निकालेको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले रेलिगेटेट टिम नर्विच सिटीविरुद्ध संघषूर्ण जित निकालेको छ।

चेल्सीको स्ट्यामफर्ड ब्रिज रंगशालामा सम्पन्न खेलमा पाहुना टिम १ – ० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका ओलिभर गिराउडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए। उनको उक्त गोल नै खेलको निर्णायक गोल बन्यो। दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने सकेनन्।

जितसँगै चेल्सी तेस्रो स्थानमा कायम छ। ३६ खेलबाट १९ जित र ६ बराबरीका साथ ६३ अंक बनाएको चेल्सीलाई एक खेल कम खेलेर समान ५९ अंक बनाएका लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले पछ्याइरहेका छन्। जसकारण शीर्ष चारको प्रतिस्पर्धा पेचिलो बनेको हो।

यता पराजय भोगेको नर्विच सिटी अघिल्लो चरणबाटै रेलिगेसनमा परिसकेको छ। ऊ २१ अंकका साथ पुछारमा छ।

ईपीएलमा आजका खेलः
न्युकासल र टोटेनहम, राति पौने ११ बजे
बर्नली र वुल्भ्स, राति पौने ११ बजे
म्यानचेस्टर सिटी र बर्नेमाउथ, राति पौने ११ बजे
आर्सनल र लिभरपुल, राति १ बजे

प्रकाशित: Jul 15, 2020| 07:29 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।