बिहीबार, वैशाख ३१, २०८३

राजेश हमालको आग्रह– सम्बन्धित व्यक्तिलाई माफ गरिदिनुस्

फेसबूकमा भिडियोमार्फत भनाइ राख्दै हमालले आम दर्शकसमक्ष सम्बन्धित व्यक्तिलाई माफ गरिदिन अनुरोध गरेका हुन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– महानायक राजेश हमाल आफ्नो बारेमा भइरहेको विवादको विषयमा बोलेका छन्।

National life

फेसबूकमा भिडियोमार्फत भनाइ राख्दै हमालले आम दर्शकसमक्ष सम्बन्धित व्यक्तिलाई माफ गरिदिन अनुरोध गरेका हुन्।

दीपाश्री निरौलाको नाम उल्लेख नगरी हमालले भनेका छन्, ‘तपाईंहरुको भूमिका हाम्रो सिर्जनामा ठूलो हुन्छ। त्यसैले कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला। एउटा कलाकारलाई आफ्नो सिर्जना पस्किने अवसर दिइराख्नुहोला।’

सार्वजनिक मञ्चमा कसैले भनाइ राखेकै भरमा उसको मानवतामा चोट लाग्ने खालका अभिव्यक्ति दिनु सही होला र? भन्दै हमालले आफ्ना शुभचिन्तकलाई प्रश्न पनि गरेका छन्।

आफूविरुद्ध आउने जस्ता खालका अभिव्यक्ति पनि नजरअन्दाज गर्ने क्षमता रहेको र त्यो दर्शकको माया र ऊर्जाबाट प्राप्त भएको हमालको भनाइ छ।

उनी भन्छन्, ‘त्यसैले दर्शकलाई मेरो हृदयदेखि अनुरोध छ– कसैको मानवतामा आँच नपुग्ने गरी आफ्ना अभिव्यक्ति दिऔं। यो क्षेत्र तपाईंहरुको पनि हो। यो विवादलाई अब लामो नबनाऔं।’

 

प्रकाशित: Jul 15, 2020| 07:20 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्