बुधबार, चैत ४, २०८२

३८ किलो सुन तस्करीमा संलग्न खड्का अदालतसमक्ष पेस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अभियुक्त हरिशरण खड्कालाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा बुझाएको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, असार ३०, २०७७

विराटनगर– मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अभियुक्त हरिशरण खड्कालाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा बुझाएको छ।

National life

उनीमाथि दुबई हुँदै नेपाल ल्याइएको करिब ३८ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ।

आरडीटी परीक्षण गरेर प्रहरीले उनलाई सोमबार अदालतमा बुझाएको थियो।

पीसीआर परीक्षण गर्दा सोमबार साँझ रिपोर्ट नेगेटिभ आएपछि उनलाई प्रहरीले पुनः अदालतमा बुझाएको हो। गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई आइतबार राति ११ बजे मोरङ ल्याइएको थियो ।

उनी दुबईमै रहँदा कोरोना संक्रमण भएको थियो। खड्का ‘इन्टरपोलको रेड कर्नर नोटिस’ मा थिए। उनी उपचारपछि निको भएर नेपाल फर्कने क्रममा पक्राउ परेको स्रोतको भनाइ छ।

Laxmi sunrise bank
kumari

काभ्रे बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि दुबईमै लुकेर बसेका थिए। उनी १४ वर्षअघि दुबई गएका थिए।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती समूहले दुवईबाट २०७४ माघ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको थियो ।

अनुसन्धानका क्रममा खड्काको संलग्नतामा थप सुन तस्करी भएको पत्ता लागेको थियो। तस्करीको सुन गायब भएपछि गोरे समूहले करेन्ट लगाउँदै यातना दिएर २०७४ फागुन १९ गते शाक्यको हत्या गरेको थियो।

 

प्रकाशित: Jul 14, 2020| 17:41 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।