शनिबार, कात्तिक २९, २०८२

सुशान्तका लागि रियाले लेखिन् नोट– तिमीलाई जीवनभर प्रेम गरिरहनेछु

‘चन्द्रमा, तारा, आकाशगंगाले तिमीलाई खुला अंगालोले स्वागत गरिरहेका होलान्। अब तिमी पनि ती चम्किला तारामध्ये एक हौ। मेरा शुटिङ स्टार, मैले तिमीलाई पर्खिरहनेछु र प्रर्थना गरिरहनेछुुु– तिमीलाई फिर्ता पाउन सकुँ।'
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक महिना पुगेको छ। गएको ३२ जेठमा उनी मुम्बईको बान्द्रास्थित आफ्नो घरमा मृत भेटिएका थिए। प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन्।

National life

सुशान्तको निधन भएको एक महिनापछि उनकी प्रेमिका रिया चक्रवर्तीले इन्स्टाग्राममा पोस्ट गरेको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

फोटोसँगै रियाले एउटा नोट पनि लेखेकी छन्, ‘ अहिलेसम्म आफ्ना भावनामाथि काबु पाउनका लागि संघर्षरत छु। आफैंसँग लडिरहेकी छु । मेरो हृदय शून्य भएको छ। तिमी त्यो हौ, जसले मलाई प्रेम र प्रेमको ताकतमाथि भरोषा गर्न सिकायौ। तिम्ले मलाई गणितको एउटा सानो सूत्रले जीवन बुझ्न कसरी मद्दत गर्छ भन्ने सिकायौ। मैले प्रत्येक दिन तिमीसँग केही न केही सिकिरहें। तिमी अब यहाँ छैनौ भन्ने म मान्नै सक्दिन। मलाई थाहा छ, तिमी अब धेरै शान्त जीवन विताइरहेका छौ।’

 

रियाले अगाडि लेखेकी छन्, ‘चन्द्रमा, तारा, आकाशगंगाले तिमीलाई खुला अंगालोले स्वागत गरिरहेका होलान्। अब तिमी पनि ती चम्किला तारामध्ये एक हौ। मेरा शुटिङ स्टार, मैले तिमीलाई पर्खिरहनेछु र प्रर्थना गरिरहनेछुुु– तिमीलाई फिर्ता पाउन सकुँ। एउटा सुन्दर मानिस जस्तो हुनसक्छ तिमी ठिक त्यस्तै थियौ, सबैभन्दा ठूलो अचम्म जुन दुनियाँले देख्यो।’

Laxmi sunrise bank
kumari

उनले थप लेखेकी छन्, ‘मेरा शब्द तिम्राप्रति प्रेम व्यक्त गर्न असमर्थ छन्। मलाई लाग्छ, हाम्रो प्रेम हामी दुईभन्दा पनि परसम्म छ– सायद तिमीले पनि यही ठान्थ्यौ। तिमीले प्रत्येक चीजलाई खुला हृदयले मायाँ गर्‍यौ र अब तिमीले मलाई देखाइदियौ हाम्रो प्रेम वास्तवमा कैयौं गुणा छ। आनन्दपूर्वक रहनु सुशी। तिमी हराएको ३० दिन भएको छ तर, तिमीलाई जीवनभर प्रेम गरिरहनेछु... सधैँ तिमीसँगै जोडिएर। अनन्त र त्यो भन्दा पनि पर।’

 

रियाको यो नोटमाथि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कसैले यसलाई रियाको पब्लिक रिलेशन एक्सरसाइज भनेका छन् कसैले यसको प्रशंसा गरेका छन्।

प्रिया टन्क ह्याण्डलले ट्विट गरेको छ, ‘अब छानविनको डरले तपाईं यस्तो भन्दै हुनुहुन्छ। तपाईंले कुनै पनि प्रकारको सहानुभूति पाउनुहुने छैन।’

अंकिताको पनि पोस्ट

उता, सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखन्डेले पनि आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छन्।

अंकिता लोखन्डेले पूजा घरमा बलिरहेको दियोको तस्वीर पोस्ट गरेर लेखेकी छन्, ‘चाइल्ड अफ गड।’

प्रकाशित: Jul 14, 2020| 15:45 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्