सोमबार, असार २९, २०८३

ग्रानाडालाई पराजित गर्दै रियल ला लिगाको उपाधि नजिक

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति सम्पन्न खेलमा ग्रानाडाविरुद्ध रियल विजयी भएको छ । यो जितसँगै लिग उपाधि नजिक पुगेको छ ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति सम्पन्न खेलमा ग्रानाडाविरुद्ध रियल विजयी भएको छ । यो जितसँगै लिग उपाधि नजिक पुगेको छ ।

ग्रानाडाको लस कार्मेन्स मैदानमा भएको खेलमा रियलले घरेलु टिमविरुद्ध २–१ गोल अन्तरले जित निकालेको थियो । जितका लागि फरल्यान्ड मेन्डी र मरिम बेञ्जेमाले १/१ गोल गरे।

१० औं मिनेटम कासिमेरोले दिएको पास सदुपायोग गर्दै मेन्डीले पहिलो गोल गरे भने १६ औं मिनेटमै रियलले दोस्रो गोल गर्यो ।

लुका मोड्रिचको पासमा बेञ्जेमाले गोल गरेसँगै पहिलो हाफमा रियल २ गोलले अघि रह्यो। दोस्रो हाफमा डार्विच म्याकिसले ग्रानाडाका लागि सान्त्वना गोल फर्काए। यससँगै खेल २–१ गोलअन्तरे रियल मड्रिडले जित्यो।

जितसँगै उसलाई उपाधि विजेता बन्न २ अंक आवश्यक छ। ८३ अंकका साथ रियल शीर्षस्थानमा रहँदा ७९ अंक बनाएको बार्सिलोना दोस्रो स्थानमा छ। लिगमा अब २ खेल बाँकी छन्।

यता, एट्लेटिको मड्रिड र सेभियाले समान ६६ अंक बनाएर तेस्रो र चोथो स्थान सुरक्षित गरिरसकेका छन्। ला लिगा अन्तर्गत आज कुनै खेल हुने छैन् ।

प्रकाशित: Jul 14, 2020| 08:29 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।