बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सिटीको प्रतिबन्ध फुकुवा, अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने

सिटीको प्रतिबन्ध फुकुवा, अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने

एजेन्सी– इंग्लिस क्लबमा म्यानचेस्टर सिटीको प्रतिबन्ध फुकुवा भएको छ। प्रतिबन्ध फुकुवासँगै अब उसले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

एजेन्सी– इंग्लिस क्लबमा म्यानचेस्टर सिटीको प्रतिबन्ध फुकुवा भएको छ। प्रतिबन्ध फुकुवासँगै अब उसले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ।

National life

सन् २०१२ देखि २०१६ सम्म फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा युरोपको सर्वोच्च फुटबल निकाय युईएफएले गत फेब्रुअरीमा सिटीलाई प्रतिबन्ध लगाएको थियो।

सो प्रतिबन्धविरुद्ध सिटीले अर्विटेसन फर स्पोर्ट अदालत (कास)मा अपिल गरेको थियो। सो अपिलको सदर गर्दै अदालतले आज उसको प्रतिबन्ध फुकुवा गरिदिएको छ।

अदालतले सिटीको जरिवाना पनि घटाएको छ। उसले ३० मिलियन यूरो तिर्नुपर्नेमा अब १० मिलियन यूरो तिरे हुने भएको छ। साथै उसको इक्विटी फन्ड र स्पोन्सरसिप योगदानको विवाद पनि समाधान भएको छ।

फुकुवापछि सिटीले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिएको छ।

Laxmi sunrise bank
kumari

सन् २०१८ मा जर्मनीको एक पत्रिकाले सिटीका केही दस्तावेजहरु सहित युरोपियन फुटबललाई झुक्याउने तरिकाले स्पोन्सरसिप बढाएको भन्ने समाचार सार्वजनिक गरेको थियो। सोही विषयको अध्ययन गर्दै युइएफएको इन्डिपेन्डेन्ट एड्जुडिक्टरी च्याम्बरले सिटीले उक्त ५ वर्षसम्म युईएफएलाई गलत सूचना दिएको भन्ने निर्णय गरेको थियो।

च्याम्बरको निर्णयलाई सदर गर्दै गत फेब्रुअरीमा युईएफएले सिटीलाई प्रतिबन्ध गरेको थियो। अब युईएफएले कासको निर्णय विपरीत स्विस फेडरल अदालतमा फेरि पनि अपिल गर्न सक्नेछ।

जारी सिजनको च्याम्पियन्स लिगमा अब सिटीले अन्तिम १६ को खेल स्पोनिस क्लब रियल मड्रिडको सामना गर्नेछ। यदि रियललाई हराएको खण्डमा उसले युभेन्टस र लायोनको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Jul 13, 2020| 17:26 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।