बुधबार, चैत ११, २०८२

'समुदायमा पनि छिटफुट रुपमा कोरोना संक्रमित छन्'

देशव्यापी रुपमा हेर्दा हाल संक्रमितको संख्या ६ प्रतिशत देखिएको छ भने उपत्यकामा देखिएका १२ स्थानको अवस्था हेर्दा ०.१८ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ। तर उपत्यकामा देखिएको संक्रमितको स्रोत पत्ता लाग्न सकेको छैन।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

डा. वासुदेव पाण्डे
निर्देशक, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा

National life

नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ०.३ प्रतिशतमात्रैमा सामान्य लक्षण (खोकी लाग्ने, ज्वरो आउने) देखिएको छ। हाल कोरोनाकै कारण कसैमा पनि गम्भीर लक्षण देखिएको छैन।

नेपालमा अहिलेसम्म जम्मा ३८ जनाको मृत्यु भएको छ, जुन कुल संक्रमितको ०.१ प्रतिशत हो। मृत्यु हुनेहरुमध्ये २४ जनालाई अन्य दिर्घ रोग जस्तै दम, क्यान्सर, मृगौला तथा कलेजोको रोग थियो।

संक्रमितमध्ये पुरुष ८० प्रतिशतभन्दा बढी छन्। तर बागमती प्रदेशमा भने अन्य प्रदेशको भन्दा फरक अवस्था छ। बागमतीमा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन्।

पछिल्लो साता संक्रमितको संख्या कम हुँदै गएको छ। अन्य जिल्लाहरुमा संक्रमणको दर कम हुँदै जाँदा उपत्यकामा संक्रमण फैलँदै जानु चिन्ताको विषय बनेको छ। हालसम्म उपत्यकामा ३४७ जना संक्रमित भएका छन्।

Laxmi sunrise bank
kumari

उपत्यकामा देखिएका संक्रमितमध्ये धेरैजसो मानिसहरु बाहिरी जिल्ला वा बाहिरी देशबाट आएका छन्। साथै उपत्यकामा केही मानिसहरुमा संक्रमणको स्रोत पनि फेला परेको छैन। जसले गर्दा समुदायमा संक्रमण फैलिएको हो कि भन्ने आशंकाले हाल उपत्यकाको १२ स्थानमा समुदायस्तरमा परीक्षण सुरु गरिएको छ।

ललितपुरको नख्खुटोल, काठमाडौंको कोटेश्वर, सहिद गंगालाल अस्पताल, शंखमूल, बूढानीलकण्ठ, कपन, त्रिभुवन विमानस्थल, डिल्लीबजार, भक्तपुरको बोडे लगाएतका ठाउँहरुमा परीक्षण गरिएको छ।

ती स्थानहरुबाट करिब ३ हजार स्याम्पलहरु संकलन गरिएको छ र १६ सयको परीक्षण सकिएको छ। तीमध्ये जम्मा ३ जनामा संक्रमण भएको भेटिएको छ। यो तीन जनाको संक्रमणको स्रोत पत्ता लागेको छैन। यसको अर्थ समुदायमा छिटफुट संक्रमितहरु छन् भन्ने हो।

देशव्यापी रुपमा हेर्दा हाल संक्रमितको संख्या ६ प्रतिशत देखिएको छ भने उपत्यकामा देखिएका १२ स्थानको अवस्था हेर्दा ०.१८ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ। तर उपत्यकामा देखिएको संक्रमितको स्रोत पत्ता लाग्न सकेको छैन।

डा. वासुदेव पाण्डे

त्यसैले स्रोत पत्ता लगाउन पनि परीक्षणको दायरा बढाइएको छ। देशभर समुदायमा ४५ हजार नमुना परीक्षणको लागि नमुना संकलन सुरु गरिएको छ। त्यसमध्ये उपत्यका ५ हजार नमुनाहरु संकलन गर्न सुरु गरिएको छ। बैंक, मालपोत कार्यालय, अस्पताल लगायत भिडभाड हुने स्थानका नमुना लिन सुरु गरिएको हो।

साथै विदेशबाट आउने व्यक्तिहरुलाई होल्डिङ सेन्टर होस् वा क्वारेन्टिनमा ५–१० दिन राख्ने र पीसीआर परीक्षण गर्ने, नाकाबाट आउनेहरुलाई तुरुन्त परीक्षण गर्ने र रेडजोनमा रहेका १० जिल्ला र जोखिम क्षेत्रहरुको पनि परीक्षण गरिनेछ। जसले गर्दा परीक्षणको दायरा पनि बढ्ने र समुदायमा संक्रमण छ कि छैन भन्ने निष्कर्ष निस्कनेछ।

पछिल्लो एक सातादेखि परीक्षणको दायरा पनि कम भएको छ र संक्रमितको संख्या पनि कम देखिएको छ। तर कोरोना संक्रमितको परीक्षणको निर्देशिका अनुसार परीक्षण गरिएकाले परीक्षणको संख्या कम भएको हो। अघिल्लो सातासम्म क्वारेन्टिनमा धेरै मानिसहरु थिए, उनीहरुको परीक्षण गरिएको थियो।

हाल क्वारेन्टिनमा मानिसको संख्या कम हुँदै गएको छ। हाल क्वारेन्टिनमा रहेका व्यक्तिहरुको परीक्षण गर्नुपर्ने समयावधि नपुगेकाले पनि परीक्षणको संख्या कम भएको हो। अब परीक्षणको दायरा कम हुँदैन। साँच्चै संक्रमितको संख्या घटेको हो कि होइन भनी पत्ता लगाउन परीक्षणको दायरा बढाउनुपर्छ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड–१९ प्रेस ब्रिफिङमा आधारित)

 

प्रकाशित: Jul 12, 2020| 18:23 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्